चन्द समूहका डोटी जिल्ला कमिटी सदस्य बोहरा पक्राउ



डोटी।

नेत्रविक्रम चन्द समूहका डोटी जिल्ला कमिटी सदस्य कृष्णबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई बडिकेदार गाउँपालिका-१ बिपिनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख जनकराज पाण्डेले बताए।

उनले भने उहाँले, “बोहरालाई एनसेल टावरमा आगजनी र क्षति लगायतका गतिविधि गरेको भन्ने उजुरीका आधारमा हामीले खोजी गरिरहेका थियौँ, बिपिनगरमा फेला परेपछि आवश्यक अनुसन्धानका लागि पक्राउ गरेका हौँ।”

प्रतिक्रिया दिनुहोस्