गुणस्तरहीन तटबन्ध ढलेपछि स्थानीय त्रसित



उत्तम नेपाल, भद्रपुर ।

झापाको हल्दीबारी गाउँपालिका २ स्थित नमुना टोल जोगाउन देउनिया खोला किनारमा बनाइएको सिमेन्टको बार भत्किएपछि स्थानीय त्रसिद भएका छन् । गत साउन २२ र २३ गते आएको बाढीले बार भत्काएकेपछि खोला कटानले गाउँ डुबाउने सम्भावना रहेको भन्दै स्थानीयमा डार छाएको छ ।

भद्रपुर ७ र हल्दीबारी २ को सिमानमा बग्ने देउनिया खोलाको कटानबाट जोगाउन १० लाख रुपैयाँ बजेट तत्कालिन जिल्ला भू–संरक्षण कार्यालय झापाबाट निकासा भएको थियो । ०७५ वैशाख ८ मा वाड भेलामार्फत अध्यक्ष राजकुमारी ताम्ली राई रहनेगरी ७ जनको उपभोक्ता समिति र खगेन राजवंशी संयोजक रहने गरी चारजना अनुगमनका समिति चयन गरिएको थियो ।

जिल्ला भू–संरक्षणले ०७४।७५मा हल्दीबारीलाइ हल्दीबारी गोलधापको भुसुडी खोला लागि पठाइएको ३० लाखमध्ये १० लाख देउनिया खोलाको सुकुमबासी वस्तीमा ल्याइएको थियो । तटबन्धबाट सो क्षेत्रमा रहेका बस्ती र सयौँ परिवारको जग्गा जोगाउने उद्देश्य थियो । पक्की तटबन्धन बर्षाको समयमा शुरु गरेको थियो । बालुवामाथि ढुङ्गा ओछ्याएर पानी परिरहेको समयमा ढलान गरेको स्थानीयले देखे ।

ठेकेदारलाइ पटक –पटक भन्दा वास्ता नगरी काम जारी नै राखे । २७ दशमलव ६० मिटर लामो पक्की बार जम्मा एक वर्षमात्र आयु रहको जानकारी स्थानीयले दिए । गुणस्तरहीन र लापरबाहीका कारण बार भत्किएको स्थानीयको आरोप छ । स्थानीयसँग समन्वय नगरेका कारण ढलेको नमुना टोलका निलकण्ठ दङ्गालको आरोप छ । खोलाको धार हेरेर तटबन्धन गर्नुपर्नेमा नक्सा हेरेपछि भत्कियो उहाँले भन्नु भयो । भद्रपुर ७ ले देउनिया खोलामा निर्माण गरेको विश्रान्ती घाटमा तटबन्ध गरेर खोलाको धार पश्चिम तर्फ धकेलेपछि यो वर्षमात्र एक विगाह जमिन कटान गरेको जग्गा धनीको दाबी छ । सोझा सिधा र निरक्षर व्यत्तिलाइ समितिमा राखेर बाठा मान्छेको काम भएको स्थानीय रोहित खतिवडाको आरोप छ । समितिमा वसेपनि आफुलाइ केही थाहा नभएको समितिकी सदस्य डेटमइ हेमरम बताउँनुहुन्छ ।

कति खर्च भयो के के गरियो मलाइ केही थाहा नभएको उहाँको भनाइ छ । ल्याप्चे लगाउनेलाइ उठाएर अध्यक्ष बनाए के के भयो मलाइ केही थाहा नभएको समितिकी अध्यक्ष राजकुमारी ताम्ली राइले बताउँनुभयो । ढलानका लागि मैले गिटी चालेको पैसा दिन्छु भन्दै दुई टयाक्टर गिटी चाले । पैसा अहिले सम्म नपाएको उहाँको भनाइ छ । जग नै नखनी निर्माण गरेका कारण ढलेको उहाँले बताउँनुभयो । पुस्तीकामा अधिकांश बैठकमा सही छैन भने जथाभावी पानामा कोरमेट गर्दै निर्णय गरिएको छ । हिषाब फरफारक गरेको निर्णय पुस्तीकामा बैठक मिति ०७६ असार लेखिएको छ भने उपस्थितीमा सही नै छैन । कतीपय निर्णयमा अध्यक्ष लगायतको किर्तेसही समेत गरिएको छ ।

खोलाको उत्तरपट्टि तारजाली गरेर मात्र पक्की बार बनाउन इन्जीनीयर सहितले सल्लाह दिदा स्थानीयले नमानेपछि पानीले हानेर भत्काएको वडा नम्बर २ का सदस्य एवम अनुगमन समितिका संयोजक खगेन राजवंशीले बताए । तार जालीका लागि रकम निकासा नभएपछि बारको काम टिकाउ हुन नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्