सबुज गणले एक महिलाको ज्यान बचायो



न्युज अफ नेपाल, काठमाडौँ ।

सल्यानको सारदा नगरपालिका ५ मार्के बस्ने गर्भवती निर्मला रोकाया लडेर घाईते भएपछि त्यहां तैनाथ सबुज गणका अमल्दार माधव केसीले रगत दिएर पुन्य काम गरेका छन ।

अत्याधिक रक्तश्राव भएपछि पेटमा रहेको बच्चा गुमाएकी रोकायलाई सबुज गणका अमल्दार केसीले रगत दिएर उनको जीवन रक्षा गर्न सफल भएको गणले जनाएको छ ।

गणले रगतको अभाव हुन नदिन बिभिन्न काम गर्दै आएको छ । गणले रगतको अभावमा कुनै बिरामी मर्न नपरोस भनेर गणले सदैव सेवा दिन तयार रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्