अन्नपूर्णमा ‘एक व्यक्ति एक मास्क, एक घर एक साबुन र ब्रोसर’ अभियान सुरु

188
Shares

न्युज अफ नेपाल, कास्की ।

अन्नपूर्ण गाउँपालिकाले ‘एक व्यक्ति एक मास्क, एक घर एक सावुन र ब्रोसर’ अभियान सुरु गरेको छ।

नेलम्बो नेपालको सहयोगमा गाउँपालिकाले कोरोना भाइरस ९कोभिड १९० को संक्रमणबाट बचाउनशुक्रवारदेखि अभियान थालेको हो। गाउँ कार्यपालिकाको शुक्रवारको बैठकका बीच उपस्थित सदस्यलाईटोलटोलमा पुग्ने गरी सामग्री वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत युवराज अधिकारीले जानकारीदिनुभयो ।

यसअघि नेलम्बोले गाउँपालिकालाई बिहीवार नै एक कार्यक्रमका बीच कुल ३० हजार थान मास्क र १५ हजारब्रोसर उपलब्ध गराएको थियो। गाउँपालिकाले स्वास्थ्यकर्मी, शिक्षक र जनप्रतिनिधीको सहयोगमा घरघरैमास्क पुर्र्याउने जनाएको छ।कोरोना संक्रमण बढ्दै गएपछि थप सर्तकता स्वरुप उक्त कार्य थालिएकोगाउँपालिकाले जनाएकोछ।

सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष युवराज कुँवरले नेलम्बोले महत्वपूर्ण सहयोग गर्दैआएकोमा आभार व्यक्त गर्नुभयो । उहाँले कोरोना संक्रमण रोक्न सचेतना, मास्कको प्रयोग र सामाजिक दुरीकायम गर्नु अत्यावश्यक रहेको औँल्याउनु भयो।

नेलम्बोका अध्यक्ष एकदेव देवकोटाले हस्तान्तरीत सामग्री प्रत्येक पालिकावासीसम्म पुग्नुपर्नेमा जोड दिनुभयो। सबै मिले कोरोनालाई परास्त गर्न सकिने उल्लेख गर्दै अध्यक्ष देवकोटाले सर्तकता सबैभन्दा महत्वपूर्ण हुनेभनाई राख्नु भयो । संस्थाले स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा कार्य गर्दै आएको पनि उहाँले प्रष्ठ पार्नुभयो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले कोरोना समुदाय स्तरसम्म पुग्न थालेकालेगाउँपालिकाले सचेतनालाई बढी जोड दिएको बताउनु भयो।

नेलम्बोका अध्यक्ष देवकोटा सहित कार्यक्रम संयोजक डा। किसन कोइराला, जनसम्पर्क अधिकृत भीमप्रसादभण्डारी लगायतको टोलीले सामग्री हस्तान्तरण गरेको हो। त्यस्तै गाउँपालिका अध्यक्ष कुँवर, उपाध्यक्ष सगुनगुरुङ, प्रशासकिय अधिकृत अधिकारी, स्वास्थ्य शाखा प्रमुख ऋषिराम पौडेल, लेखापाल सरिता गौतम, शिक्षाशाखा प्रमुख बलराम भुगाई लगायतको टोलीले सामग्री ग्रहण गर्नुभएको थियो । रु।३ लाख २२ हजारबराबरका सामग्री हस्तान्तरण गरिएको नेलम्बो नेपालले जनाएकोछ।

गाउँपालिकाको ‘एक व्यक्ति एक मास्क, एक घर एक सावुन र ब्रोसर’ अभियान कार्यक्रमलाई अन्नपूर्णकाठमाडौं समाज र ढिकुरपोखरी काठमाडौं समाजकोपनि सहयोग रहेको गाउँपालिकाले जनाएको छ ।वि।सं।२०६८ को गणना अनुसार अन्नपूर्ण गाउँपालिकाको कुल जनसङख्या २३ हजार ४ सय १७ भएपनि हालकरिव २७ हजार पुगेको अनुमान गरिएकोछ।