सहकारीको भाका पुर्जीले मानसिक पीडा



न्युज अफ नेपाल, भद्रपुर ।

बैङ्कको तागेताका कारण झापामा एक परिवार यतिवेला पीडामाथि थप पीडामा परेका छन् । वितेको ६ महिना यताबाट उच्च रक्तचापका कारण शरिर अपाङग भइ ओछ्यान परेका झापा भद्रपुर नगरपालिका ९ घोडामाराका ४६ वर्षिय दीपक राजवंशीको परिवार पीडामा परेका हुन् ।

दीपकको आफ्नो घरको वरण्डा सहारा बनेको ६ महिना पुगो । विभिन्न व्यत्तिहरुको निजी गाढी चलाएर राजवंशीले आफनो परिवार जसोतसो चलाउदै आइरहेका थिए । गत ०७६ माघ २२ गते दिउँसो ११ वजे तिर खाना खादैगर्दा उच्च रक्तचापका कारण उनि ढलेर ‘प्यारालाइसिस’ वने । उनको एक भाग नचल्ने अवस्थामा पुग्यो । घट्नापछि आफन्त साथी भाइले केही रकम सहयोग गरेर भारतको खरैयामा उपचार गरी औषधि खादै आएकोमा लक डाउनका कारण त्यो पनि गर्न नसकेको उहाँको भनाइ छ । उपचार पाएमा निको हुने आसमा रहेको उहाँको भनाइ छ । खर्च अभावका कारण बाँकी जीवन ओछ्यानमा नै रोएर दिन रात विताइरहेको उहाँले भावुक हुदै भन्नुभयो । उपचारका लागि राजवंशीले सवैसँग अनुरोध गर्नुभएको छ । घरखर्च टार्न भद्रपुर १० मा रहेको साना किसान कृषि सहकारी संस्था लिमीटेडबाट श्रीमती शुशिलाको नाममा ०७५ साउन १ गते १ लाख रुपैयाँ ऋण लिनुभयो । रकमको व्याज जसोतसो बुझाउँदै आइरहकेको अवस्थामा सहकारीले १५ दिनको असुली पुर्जी दिएको उहाँको भनाइ छ

लिएको ऋण असार मसान्तसम्म सावा ५४ हजार ५ सय ७५ र ११ हजार ४ सय ६० व्याज पुगेको पत्रमा उल्लेख छ । विरामी हुनुभन्दा अघि समयमा नै व्याज तिर्दै आइरहेको उहाँको भनाइ छ । विरामी परेपछि आम्दानीको कुनै उपाय नभएर व्याज तिर्न ढिलाइ भएको उहाँले गहभरी आँशु पार्दै आप्mनो पीडा सुनाउँनुभयो । नुन तेल खान समेत समस्या भएपछि श्रीमती केही महिना यताबाट नजिकै रहेको चिया वगानमा हरियो पत्ति टिप्ने मजदुरी गर्दै आइरहेको उहाँ बताउँनुहुन्छ । पारिवारिक अवस्था कमजोर भएका राजवंशीलाइ बाबुको सम्पत्तिबाट आमाले ७ धुर जग्गा दिएको र सोही जग्गामा टीनको छानो हालेर बसेको उहाँले बताउँनुभयो । दुइ छोरा , एक छोरी र श्रीमती सहितको परिवारमा उनी तेस्रो सन्तान हुन् । वैँङ्कबाट लिएको ऋण तिर्छु पनि तर यस्तो वेलामा आएर भाका पुर्जी दिएकोमा उहाँको मन उम्लिएको छ ।

सहकारीको साउन ५ गतेको वैठकले रकम उठाउन पहिलो पटक १५ दिन, दोस्रो ७ दिन र तेस्रोे पटक ३ दिनको म्याद दिनेगरीको निर्णय गरेको बुझिएको छ ।

सहकारीमा ऋणी बढ्दै गएपछि निक्षेपकर्तालाइ जानकारीका लागि मात्र पत्र पठाइएको सल्लाहाकार संयोजक काशीनाथ घिमिरेले बताउँनुभयो । ऋण मात्र लाने तर सावा व्याज नतिरेका कारण सहकारी डुब्ने अवस्थामा भएकोले यस्तो गर्नु परेको उहाँले जनाउँनुभयो । दबाव कसैलाइ नदिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्