अटोबाट १३ केजी चरेस बरामद



न्युज अफ नेपाल, हेटौंडा ।

उत्तरी मकवानपुरको थाहानगर–७ स्थित सडकमा चित्लाङबाट चन्द्रागिरि नपातर्फ जाँदै गरेको अटोबाट आइतबार साँझ करिब साढे ६ बजे चरेस बरामद भएको छ ।

प्र–३–०३–००१ ह ०२५९ नम्बर अटो चेक गर्ने क्रममा अटोका यात्रीबाट चरेस बरामद भएको हो । थाहानगर–७ को महादेवखर्क बस्ने वर्ष ३० का शुभराज घलान, छापटोल बस्ने वर्ष ३३ का नारायणसिं मुक्तान र फेदीगाउँ देउराली बस्ने वर्ष ४७ का अटोचालक कृष्णबहादुर गुरुङले अटोको सिटमुनि लुकाइराखेको चरेस १२ केजी ९ सय ३२ ग्राम फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिएर लागुऔषध मुद्धा शीर्षकमा मुद्धा दायर गरी थप अनुसन्धान भइरहेको छ । लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम उनीहरुलाई २ वर्षदेखि १० वर्षसम्म कैद र १५ हजार देखि १ लाखसम्म जरिवाना हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्