सल्यानमा एकै दिन ३ जनाको शव भेटियो



न्युज अफ नेपाल, सल्याण ।

सल्यानमा एकै दिन ३ जना मृत अवस्थामा फेला परेका छन । छुटाछुटै घटनामा ३ जना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ । दार्मा गाउँपालिका वडा नम्बर ४ पुखातका ५२ वर्षिय यज्ञ वहादुर विक गाउँ नजिकै मृत अवस्था फेला परेका छन् ।

आईतबार बेलुका आफन्तको घर बाट घर फर्किदै गर्दा पुखात पारेबारीमा लडेर मृत अवस्थामा फेला परेको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभएको छ । बिक अत्याधिक मादक पदार्थ खाएर घर आउदै गर्दा लडेर मृत्यु भएको हुनसक्ने उहाँले बताउनु भयो ।

यस्तै कालिमाटी गाउँपालिका ४ घुरचौरका ९ वर्षिय निर्मल भण्डारी सोमबार मृत अवस्थामा फेला परेका छन् । गएको शुक्रबार माछा मार्न शारदा खोलामा वेपत्ता भएका भण्डारी आईतबार मात्र कालिमाटी गाउँपालिका ५ पैठमा मृत अवस्थामा फेला परेको उहाँले बताउनु भयो ।

यस्तै शारदा नगरपालिका वडा नम्बर १२ को जगंलमा एक ब्यक्रि मृत अवस्थामा फेला परेका छन । २४ बर्षिय याम बहादुर रावत शारदा खोलाको झोलुङगे पुल नजिकैको जगंलको रुखमा झुन्डिएको अवस्थामा आईतबार बिहान मृत अवस्थामा फेला परेको प्रहरी प्रमखु खतिवडाले बताउनु भयो । बर्दिया बासगडि ३ शान्तिपुर घर भएका रावत शारदा नगरपालिका १ पटनेरी सानी आमाको घरमा बस्दै आएका थिए । उनिले यहाँ गाडीमा खलासी काम गर्दे आएका थिए । उनका आफन्त आउदै गरेकाले मृतको शवलाई पोष्टमार्टम गर्न नसकिएको प्रहरीको भनाई रहेको छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्