नेपाली काँग्रेस रुपन्देहीद्वारा स्थानीय तहमा प्रशिक्षण



न्युज अफ नेपाल, बुटवल ।

नेपाली कांग्रेस रुपन्देहीको जिल्ला संगठन विभागले स्थानीय तह,बुथ तथा वडा सभापतिहरुको प्रशिक्षण कार्यक्रम भैरहवामा सम्पन्न गरेको छ । प्रशिक्षण कार्यक्रममा काँग्रेसका नगरसभापति,गाँउ समितिका सभापति तथा वडा सभापति गरी १ सय ६० जनाको सहभागीता रहेको जिल्ला संगठन बिभागका प्रमुख बासुदेव रिमालले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले सरकारकै संरक्षणमा भ्रष्टाचार र बेथिति मौलाएकोले नेपाली काँग्रेसले गाँउ तहबाटै त्यसका बिरुद्ध आवाज उठाइरहेको बताउनु भयो ।

देश र जनताको सर्वोपरी हितकालािग नेपाली काँग्रेसलाइ अझ शसक्त र क्रियासिल बनाएर अगाडी लैजाने अभियानमा लागेको सभापती रज्जाकले बताउनु भयो ।

कार्यक्रममा संविधान सभा सदस्य इस्तियाक अहमद खाँन,पार्टीका उपसभापति फणिन्द्र शर्मा,सरीता चौधरी, सचिव रामकृष्ण खाँण,हरिप्रसाद काफ्ले,कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने, क्षेत्रीय सभापतिहरु क्षेत्र नंं २ का हरि लम्साल, एकका हिराबहादुर खत्री,३ का मातृका यादव लगायतका नेताहरुको उपस्थिति थियो ।

कार्यक्रममा केन्द्रिय नीति तथा अनुन्धान प्रशिक्षण प्रतिष्ठानका सदस्य मदन कट्टेलले पार्टीको नीति,कार्यक्रम तथा संगठन र सदस्य बिस्तारका सम्बन्धमा प्रशिक्षण दिनु भयो ।

बिभागका उपप्रमुख बाबुराम भट्टराइको स्वागत र सचिव सुदर्शन नेपालको संचालमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्