गाईजात्रालाई हरिवंशको तिमी केको जान्ने, म पो जान्ने !



वर्षभरिको पीडा र दुःखलाई भुल्न मनाइने गाईजात्रा पर्व कोरोना भाइरसको जोखिमका कारण यसपटक प्रभावित भएको छ। यसस“गै गाईजात्राका अवसरमा हुने हास्यव्यंग्यका कार्यक्रम पनि नहुने भएको छ। गाईजात्रे कार्यक्रम हुन नसके पनि कलाकारहरूले यस पर्वका अवसरमा विभिन्न हास्यव्यंग्य प्रस्तुतिलाई अगाडि सारिरहेका छन्।
यसै क्रममा ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यले पनि गाईजात्रे सामग्री सार्वजनिक गरेका छन्। आचार्यले तिमी केको जान्ने, तिमी केको सुन्ने, म पो जान्ने सुन्ने बोलको गाईजात्रे गीत भिडियोसहित सार्वजनिक गरेका छन्। गीतमा हरिवंशकै शब्द, संगीत र स्वर रहेको छ। गीतमा तीखो राजनीतिक व्यंग्य पस्किएको छ। नेपालको हरेक राजनीतिक दलमा ठूलो, सानो भन्ने त“छाड मछाडलाई हरिवंशले चोेटिलो व्यंग्यका रूपमा प्रस्तुत गरेका छन्।
गीतमा भूपालमान सिंहको एरेन्ज रहेको छ भने सागरराज शर्माको निर्देशन रहेको गीतको भिडियोमा हरिवंश आचार्य, शशिकुमार खड्का, किरण तुलाधर, विकाश भट्टराई, सुष्मा कार्की, धनीराम मुस्कान, अनिल जिसी (बुलेट), सम्राट घिमिरे, दीप शेर्पाली, सुवास महत, शंकर बिसीलगायतकले अभिनय गरेका छन्। शशिकिरणको कन्सेप्ट र हरि हुमागाईंको छायांकन रहेको गीतको भिडियो सुशील न्यौपानेले सम्पान गरेका छन्। गीतलाई पंकज अधिकारीले अंग्रेजीमा अनुवाद गरेका छन्। गीत महसञ्चारको युट्युब च्यानलमार्पmत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्