कोरोना प्रभाव : निकुन्ज क्षेत्रमा पर्यटकको कमी



सरस्वती न्यौपाने, रसुवा । 

लाङटाङ राष्ट्रिय निकुन्ज मा कोरोना भाइरसको प्रभावले घुुम्न आउने पर्यटकको संख्यामा कमी आएको छ ।

निकुन्जका रेन्जर रमेश बस्नेतका अनुसार गएको वर्ष श्रावण देखि हाल सम्मको तथ्याङ्क हेर्दा २० हजार एक सय ५९ जना स्वदेशी तथा विदेशी पर्यटकहरु धार्मिक तथा तामाङ सम्पदा मार्गमा भ्रमण गरेका छन् विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी का कारण सरकार ले चैत्र ११ देखि लकडाउन गरेर बन्दाबन्दी भए पछि अध्ययन तथा अवलोकन गर्न आउनेहरुमा शुन्यता छाएको हो ।

गत वर्षको श्रावणमा देखि चैत्र १० गते सम्म नेपाली महिला तथा पुरुष गरि तिन हजार नौ सय १७ र सार्क मुलुकका एक सय चार जना विदेशी नागरिक आठ हजार एक सय ३८ र भृकुटी मण्डप टिकट काउन्टरबाट प्रबेश शुल्क बझाई यस निकुन्जमा भ्रमण गर्ने पर्यटक दुई हजार सात सय १४ जना रहेका छन् ।

यस्तै निकुन्ज क्षेत्र भित्र वन्यजन्तुले मानिस लगाएत अन्नवालीमा क्षति भण्डारण गरेको अन्न को क्षति, घरगोठको क्षति अन्नवालीको क्षति गरेवापत ४० लाख ३७ हजार चार सय ८८ रुपैया वितरण गरेको छ । भने पर्यटकबाट एक करोड ९३ लाख ५० हजार पाँच सय ५१ रुपैया २७ पैसा राजस्व संकल गनरेको छ भने सरकारी सम्पतीको बहालबाट प्राप्त नौ लाख ४३ हजार एक सय ६७ रुपैँया २३ पैसा अन्य प्रशासनिक सेवा शुल्कबाट एक लाख ३८ हजार न्यायिक, दण्ड, जरिवाना र जफतबाट ९३ हजार दुई सय ७५ रुपैया प्रशासनिक दण्ड जरिवाना र जफत दुई लाख ४३ हजार सात सय बेरुजु १५ लाख ६९ हजार चार सय ८८ रुपैया ५१ पैसा बन क्षेत्रको रोयल्टी आठ लाख ३२ हजार तिन सय ९४ रुपैया नौ सय मुख्य आयकर बाट छ लाख ४५ हजार आठ सय २४ रुपैया २१ पैसा रहेको छ । रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा फैलिएको लामटाङ राष्ट्रिय निकुन्जमा हावा पानी र भुबनोठको विविधताको कारण एक हजार भन्दा बढी प्रजातीको बनस्पती जसमध्ये २१ प्रजातिको रैथाने, आठ सय भन्दा बढी प्रजातिको झ्याउ, ४६ प्रजातिको स्तनधारी जनावर, दुई सय ५० भन्दा बढी प्रजातिको चरा, करिव ११ प्रजातिको सरिसृप तथा अभयचर यस जिल्ला वरपर पाइन्छ ।

जैविक विविधताको धनी यस निकुन्ज रेडपाण्डा (हाब्रे) पाइने स्थान पनि हो चार हजार आठ सय मिटरको उचाईमा र विशेषगरी लामटाङ र गोमा कुण्ड क्षेत्रमा पाइने यो जनावर नेपाल सरकार द्धारा संरक्षित जनावर हो राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु ऐन २०२९ ले संरक्षित जनावरको सुचिमा राखेको आसामी बाँदर, खैरो ब्वाँसो, हिउँचितुवा, कस्तुरी मृग, तिब्बती चार त्यस्तै डाँफे, मुनाल जस्ता संरक्षित पन्छीहरु यस जिल्लाका आकर्षण हुन् ।

साल, खोटे सल्ला, चिलाउने लालिगुरास, उतिस जिल्लाको पाहाडी तथा बेसीहरु मा पाईन्छ भने खस्रु, तालिस पत्र, भोजपत्र, गोब्रे सल्लाह, ठिङग्रेसल्लाह, धपी सल्ला, लाङटाङ लार्क, चिमाल लगाएत गुराँस का अन्य विभिन्न प्राजतिहरु, लेकाली तथा हिमाल क्षेत्रहरुमा पाइन्छ । टुन्ड्रा, शितोष्ण, समशीतोष्ण हावापानी, र थोरै दुरीमा उचाईको धेरै फरकपनले गर्दा यस जिल्लामा उपण देखि हिमाली भेगमा पाइने विभिन्न किसिमका जिव तथा वनस्पतिहरु पाइन्छन् ।

यस क्षेत्रमा तिलहरी चरा चाकाचुसक, वनचाहा, सुनगिद्ध जिवाहार महाचील राणमन्त महाचीत नेपाल डिकुरे भ्याकुर लगायत विश्वमै संकटा पन्न तथा लोपोन्मुख अवस्थामा रहेको १२ प्रजातीका चराहरु पाइन्छन् । यस जिल्लामा चार अध्ययन अनुसन्धान तथा चरा पर्यटनका लागी पनि उतिकै महत्वपुर्ण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्