नेपाली कविताको प्रादेशिक इतिहास तयार पारिने



न्युज अफ नेपाल,काठमाडौँ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘नेपाली कविताको प्रादेशिक इतिहास’ तयार पार्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानको साहित्य (पद्य/काव्य) विभागबाट यस्तो इतिहास तयार पारिन लागिएको हो ।

विभागका प्रमुख प्राज्ञ प्रा.डा. हेमनाथ पौडेलले मुलुकका सातओटै प्रदेशका नेपाली कविताको प्रादेशिक इतिहास लेखनको कार्य आरम्भ भइसकेको बताए ।

पौडेलका अनुसार नेपाली कविताको प्रादेशिक इतिहास लेखनका लागि प्रदेश नंं. एकका लागि प्रा.डा. भोलानाथ पोखरेल, दुईका लागि तोयाराज घिमिरे, वाग्मती प्रदेशका लागि डा. गीता त्रिपाठी, गण्डकी प्रदेशका लागि प्रा.डा. यदुनाथ ढकाल, प्रदेश पाँचका लागि डा. विन्दु शर्मा, कर्णाली प्रदेशका लागि प्रा. जगत्प्रसाद उपाध्याय र सुदूरपश्चिम प्रदेशका लागि श्यामसुन्दर ढकाल र बद्रीप्रसाद बिनाडीलाई जिम्मेवारी प्रदान गरिएको छ

। प्राज्ञ प्रा.डा. पौडेलले भने– “प्रादेशिक इतिहास तयार भएपछि प्रज्ञा–प्रतिष्ठानको केन्द्रीय योजनाअन्तर्गत ‘नेपाली कविताको इतिहास’ लेखन कार्यको थालनी गरिने छ ।”

तस्वीर : साहित्य (पद्य/काव्य) विभाग प्रमुख प्राज्ञ प्रा.डा. हेमनाथ पौडेल

प्रतिक्रिया दिनुहोस्