पर्वतमा ९७ जना संक्रमित कोरोना मुक्त, आइसोलेसनमा एक जना मात्रै



न्युज अफ नेपाल, पर्वत । 

पर्वतमा ९८ जना कोरोना संक्रमित मध्ये ९७ जना कोरोना निको भएर घर फर्केका छन ।

पर्वतमा ९७ जना संक्रमित कोरोना निको भएपछि अस्थायी कोरोना अस्पतालबाट डिस्र्चाज भएका हुन । अब आइसोलेसनमा १ जना मात्रै संक्रमित रहेका छन ।

अस्थायी कारोना अस्पताल कुस्मामा रहेका मध्ये ७ जना संक्रमित कोरोना जितेर घर फर्केका छन । जिल्ला संकट ब्यबसथापन केन्द्र(सिसिएमसी)का प्रबक्ता प्रबिण भण्डारीका अनुसार शुक्रबार ४ जना पुरुष र ३ जना महिला संक्रमित निको भएका छन । महाशिला गाउँपालिका– १ का ३४ बर्षिय पुरुष, जलजला गाउँपालिका ६ शालिजाका ३५ बर्षिय पुरुष, मोदी गाउँपालिका ४ का २५ बर्षिय पुरुष, फलेबास नगरपालिका ९ भंगाराका ३४ बर्षिय पुरुष कोरोना निको भएर घर फर्केका छन ।

यस्तै मोदी गाउँपालिका २ की २१ बर्षिया महिला, कुस्मा नगरपालिका १० की २५ बर्षिया महिला, मोदी गाउँपालिका ३ देउरालीकी ३० बर्षिया महिलाले पनि कोरोना जित्न सफल भएका छन । कोरोना निको भएर घर फर्कनेहरुमा २२ दिन देखि ९ दिनमै घर फर्केका रहेका छन ।

यसैगरी पर्वतमा शुक्रबार आइसोलेसनमा बसिरहेका ७ जना सहित ५३ जनाको रिर्पोट नेगेटिभ आएको छ । अस्पतालको इन्डोरमा कार्यरत १ जना, नेपाली सेनाका ४ जना, बन्दना होटलका कर्मचारी सहित ४ जना र पुलिङ्ग क्वारेन्टाईनमा रहेका ३७ जनाको पनि नेगेटिभ रिर्पोट आएको छ ।

प्रतिक्रिया दिनुहोस्