बेवारिसे अवस्थामा पुरुषको शव भेटियो



न्युज अफ नेपाल, म्याग्दी ।

म्याग्दीको सदरमुकाम बेनीबजारस्थित म्याग्दीखोला किनारमा आज बेवारिसे अवस्थामा एकजना पुरुषको शव भेटिएको छ । बेनी नगरपालिका–७, मंगलाघाट नजिकै बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

म्याग्दीखोला किनारमा अन्दाजी ३५ देखि ४० वर्ष उमेरको पुरुषको शव भेटिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँबरले जानकारी दिनुभयो । बेवारिसे अवस्थामा भेटिएको उक्त शव विपद्मा परेका व्यक्तिको हुन सक्ने भएकाले बेपत्ता व्यक्तिहरुको आफन्तलाई बोलाइएको हुँदा उनीहरु आएपछि सनाखत हुने उहाँले बताउनुभयो ।

बेवारिसे शवको सनाखत भएपछि मात्रै पोष्टमार्टमको प्रक्रिया अगाडि बढाइने भएको छ भने अहिले उक्त शवलाई बेनी अस्पतालको शवगृहमा राखिएको प्रनाउ कुँबरको भनाइ छ । स्थानीयवासीले खोला किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

पश्चिम म्याग्दीमा आएको बाढी तथा पहिरोमा परेर बेपत्ता भएको अनुमान गरिए पनि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्