पश्चिम सेती परियोजना सुचारु गर्न माग गर्दै वृक्षारोपण



विमल विष्ट, डोटी ।

सुदूरपश्चिम प्रदेशको विकासको खानी तथा ७५० मेगावाट क्षेमताको जलासय युक्त पश्चिम सेती परियोजना निर्माणको कार्य चाडो सुचारु गर्न सरकारसँग माग गर्दै डोटीमा बृक्षारोपण अभियान सञ्चालन गरिएको छ ।

‘बोलन्या थली’ नामक अभियानका संयोजक तथा सुदूरपश्चिम प्रदेशका युवा यादब जोशीको अगुवाईमा जिल्लाको दिपायल सिलगाढी नगरपालिका–२ हलिखोलाबाट बृक्षारोपण गरी उक्त अभियानको सुभारम्भ गरीएको हो । भु तथा जलाधार व्यवस्थापन कार्यालय डोटीले उपलब्ध गराएका बिभिन्न जातीका बिरुवा रोपेर उक्त अभियानको सुभारम्भ गरिएको ‘बोलन्या थली’ का संयोजक जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सुदूरपश्चिमको विकासको धरोहरका रुपमा रहेको पश्चिम सेती निर्माण कार्य वर्षौ बित्दा समेत सुभारम्भ नभएकाले हामीले उक्त परियोजना निर्माणका लागि बिभिन्न रचनात्मक कृया कलाप अघि सारेका छौँ, जस अनुसार अहिले बृक्षा रोपण गरेका छौँ, हाम्रो उदेश्य पश्चिम सेती चाडो बनोस भन्ने हो ।” उक्त बृक्षा कार्यक्रममा वाड नं २ का वडाअध्यक्ष राजेन्द्र खड्का नेपाली काग्रेसका नेता तथा समाजसेवी जितबहादुर खड्का सहित ६० जना स्थानीयले पश्चिम सेतीको काम चाडो अगाडी बढोस भन्दै बृक्षा रोपण गरेका थिए ।

‘बोलन्या थली’ द्धारा सञ्चालित उक्त पश्चिम सेती निर्माण अभियानले सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहहरुमा ७५० बोट बिरुवाका दरले कम्तिमा पनि ६६,००० बोट बिरुवाहरु बृक्षारोपान गरिने योजना बनाएको छ । ७५० मेगावाट क्षमताको जलासययुक्त पश्चिम सेती परियोजना चाडो बनाउन बोलन्या थलीले बिभिन्न रचनात्मक आन्दोलन गर्दै आईरहेको छ । यस अघि पनि बोलन्या थलीले पश्चिम सेतीको माग राख्दै काठमाडौको माईतीघरमा कचौरा आन्दोलन, सडक, संगीत र संघर्ष, प्रधानमन्त्रीलाई १ लाख पत्र तथा दिपायलको पुलमा ७५० टुकी बाली आन्दोलन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्