करेन्ट लागेर मयुरी चालकको मृत्यु



न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडा ५ राईटोलमा करेन्ट लागेर शुक्रबार विहान एक मयुरीचालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बकैया–७ घर भएर हाल हेटौंडा–५ डेरा गरी बस्ने ६८ वर्षीय पदमबहादुर दोङ रहेको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी इन्द्रबहादर रानाले बताउनुभयो ।

करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको डीएसपी रानाले बताउनुभयो । उनलाई मयुरीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्