स्याङ्जामा जीप दुर्घटना एकको मृत्यु, छ घाइते



भूपराज बस्याल, स्याङ्जा ।

वालिङ नगरपालिका बाँयटारीबाट सिर्सेकोट मैदानको लागि छुटेको ग १ ज ७४७१ नम्वरको जीप वालिङ नगरपालिका १२ लामपातेमा बिहिवार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

साझ करिब ७ को समयमा भएको दुर्घटनामा जीपका सह–चालक १४ बर्षीय सुदिप गुरुङको घटनास्थलमा नै मृत्यु भएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । दुर्घटनामा गम्भिर घाइते भएका वालिङ नगरपालिका नं १२ का ३० बर्षीय तीलकुमारी गुरुङ सोही स्थानकै ६५ वर्षीय तील कुमारी थापा र सोही स्थानकै ४२ बर्षीय चालक लिलाराम गुरुङको पोखरामा उपचार भइरहेको पनि उहाँले बताउनुभयो ।

अधिकारीका अनुसार दुर्घटनामा परी सामान्य घाइते भएका वालिङ नगरपालिका नं १२ का २३ बर्षीय ममता गुरुङ, सोही स्थानकै २८ बर्षीय पनिता गुरुङ र सोही स्थानकै ४५ बर्षीय थनमाया गुरुङको ग्रहौं प्राथामिक अस्पतालमा उपचार भइरहेको छ ।

जीप ग्रामिण सडकबाट झण्डै एक सय मिटिर तल खसेको प्रहरीले जनाएको छ । चालक गुरुङलाई प्रहरीको निगरानीमा उपचार भइरहेको अधिकारीले जानकारी दिनुभयो । कच्ची सडक र अविरल बर्षाका कराण चिप्लो भएर दुर्घटना भएको घाइतेके बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्