एकल महिला लक्ष्मीको कथा : न रह्यो बास, न रह्यो गाँस



कृष्णउदास खनाल, हेटौंडा ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ ओमनगर अनि त्यही स्थानमा रहेको नगर बिस्तारको जमिन ।भूमिहिनका लागि हुनुपर्ने सो जग्गामा पछिल्ला दिनमा हुने खानेहरुकै बोलावाल बढ्न थालेको छ तर आजभन्दा प्रन्ध बर्ष अगाडि शुरुमा एक्लै बसेकी लक्ष्मी घिमिरेलाई अहिले छिमेकीहरु पाएसम्म खेद्न खेज्छन् । बारघरको नाउले परिचित सो बस्तीको पहिलो ब्यक्ति नै लक्ष्मी हुन् तर आज छिमेकीकै साथ लक्ष्मीलाई छैन बरु उनलाई त्यो बस्तीबाट लखेट्न पाए आफ्नो मान्छेलाई त्यही स्थानमा राख्न पाइन्थ्यो भन्ने स्वार्थमा धेरै भएपनि लक्ष्मी संघर्ष गरेर अगाडि बढिरहेकी छन् ।

लक्ष्मीको दर्दनाक कथा

२०२८ सालमा ओखलढुंगामा जन्मिएकी लक्ष्मीको जीवन कुनै चलचित्रको कथा जस्तो छ । एक भाइ र उनको परिवारका संतानको रुपमा उनको आमाको कोखबाट जन्म लिएका थिए तर दैवको लीला बुवाको सानै उमेरमा निधन भयो । बुवाको निधनपछि आमाले भाइ र उनलाई हुर्काउनु पर्ने जिम्मेवारी थपियो । आमाले बनीबुतो गरेर हुर्काएको तिनै संतान मध्य छोराको हत्या भयाृे अथवा लक्ष्मीको भाइको हत्या भयो । छोरा गुमाउनु पर्दाको पीडा अनि हत्याराहरुलाई उन्मुक्ती एक आमका लागि त्यो भन्दा दर्दनाक पीडा अरु के हेला र ?छोरा त गुम्यो छोरीको मुख हेरेर लक्ष्मीको आमाले जीवन जिउदै थिइन् ।

१६ बर्षमै ४० बर्षीय केटासँग विवाह

लक्ष्मीले पढ्न पाइनन् । अक्षर सम्म चिन्न सक्छिन् ।उमेर बढ्दै गएपछि हरेक आमाबुवालाई छोराको भन्दा बढी चिन्ता छोरीको हुन्छ । लक्ष्मीको आमालाई पनि विवाहको चिन्ता भयो । आमा र मामाले गाउँ नजिकैका ४० बर्षीय पदम घिमिरेलाई देखे । पद्मले आफ्नो जेठी श्रीमतीलाई छोरो नभएका कारण मान्छी बनाएर लक्ष्मीलाई भित्राउन चाहेको बरु त्यसको बदलामा आमा र मामालाई लैंनो भैंसी दिन तयार भए । गरिबीको भूमरीमा रुमल्लिएका आमा र मामाले १६ बर्षको कलिलै उमेरमा ४० बर्षका पद्मलाई लक्ष्मीलाई दिन तयार भए त्यो पनि सौतामाथि । लक्ष्मीले लाखौं बिन्ती गरिन्। विवाह अस्वीकार गर्ने धेरै उपाय निकालिन् तर आमा र मामाले सुनेनन् अन्ततः छोरा पाउने मेसिनको रुपमा पद्मको घरमा दोश्रो श्रीमतीको रुपमा लक्ष्मी भित्रिइन् । छोरी पनि अर्काको घर गएपछि लक्ष्मीको आमा घर छाडेर काठमाडौंको मन्दिरमा बस्न थालिन् । अनि तिनैको पछि लागेर लक्ष्मीको परिवार पनि काठमाडौं गयो । आज भन्दाभोलि भन्दै लक्ष्मी कोखबाट तीनछोरी र एक छोरा जन्मिए । तर,श्रीमान २०६१ सालतिर बिमार भए अनि काठमाडौं बीर अस्पतालमा उनको पतिले अन्तिम स्वास फेरे ।

अब हेटौंडाको यात्रा

आफूभन्दा धेरै उमेर समूहको पतिले आफूलाई छाडेर गएपछि लक्ष्मी एक्लै भइन् तर साथमा आफूले जन्माएका संतान थिए तर आफ्नो मुटुको टुक्रा तीन छोरीहरुलाई काठमाडौंको एक संस्थालाई जिम्मा लगाएर ६ महिनाको छोरो च्यापेर लक्ष्मी हेटौंडा तिर हानिइन् , अनि शुरु भयो उनको अर्को कथा । हेटौंडा आएपछि छोराको खुसीका लागि कडा मेहनेताको काम गरिन् । ढुंगा बोकिन,बालुवा बोकिन,अरुको घरमा भाडा माझिन् । समाजका ब्यक्तिहरुले लगाउने कुदृष्टिको त सीमा नै भएन उनले कति सामान गरिन् गरिन् ।

काठमाडौमा छाडेका आफ्नो छोरीको यादले पटक पटक उनको मुटु भासियो । प्रन्ध बर्ष अघि मात्रै नगर बिकासको हेटौंडा ८ स्थित स्थानमा सानो छाप्रो बनाएर उनी बस्न थालिन् । बिस्तारै अरु पनि बस्न थाले त्यहाँ तर उनी गरिक र एकल भएका कारण हेंला गर्नेहरु बढे । २०७२ सालमा भूकम्प गयो, घर बस्न लायक भएनन् तैपनि छोरालाई काखीमा राखेर उनी कयौं रात रुझेर सुतिन । धेरै ठूलो प्रयासपछि बल्ल स्थानीय सरकारले भूमिहिन भनेर सिफारिस गरिदिएपछि भूकम्पको राहत पाइन् ५० हजार । अनि भएको छाप्रो भत्काएर घरको जग हालिन् तर उनीमा घर बनाउने अरु उपाए छैन । एकजना छिमेकीको आश्रयमा आमाछोरा छन् । अझै २ लाख ५० हजार त आउछ तर दुई कोठे घर बनाएर छोरालाई ओत लगाएर आफूपनि ओतमा बस्ने लक्ष्मीको सपनामाथि कालो बादल लागिरहेको छ । कसैले अरु तीनलाख सम्म सहयोग गरिदिए आफ्नो सपना पूरा हुने आशमा लक्ष्मी छन् । यो पत्रकार उनीसंग कुरा गर्दा भावुक हुदै भगवानले हजुरलाइ पठाइदिनुभयो अब घर बनाइने पनि कोही भगवान भएर नै आउनुहोला भन्ने आशमा लक्ष्मी छन् ।

छिमेकीको एक बन्द कोठाभित्र बसेर लक्ष्मीका आमा छोराले दुई कोठाको घरको सपना देखेका छन्, मन र धन भएकाहरुको दृष्टि परेको खण्डमा मात्रै त्यो सपना साकार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्