आँप खान जाँदा करेन्ट लागेर एकको मृत्यु



न्युज अफ नेपाल, सल्यान ।

सल्यानमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको शारदा गरपालिका वडा नम्बर ७ बस्ने १४ बर्षिय टोपेन्द्र बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

शारदा नगरपालिका वडा नम्बर ६ भट्टाचौरस्थित आँप खान रुख चढेको समयमा करेन्ट लागेर रुख बाट खसि मृत्यु भएको प्रहरी नायव उपरिक्षक डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोमबार बिहान करिब ११ बजेको समयमा भट्टाचौरको सार्बजनिक स्थामा रहेको आँपको रुखमा आँप टिपिरहेको बेला एकासी करेन्ट लागेर रुख बाट खसि मृत्यु भएको हो ।

बिद्युतका तारहरु आँपको रुखको नजिक छोइएकाले करेन्ट लागेको हुन सक्ने उहाँले बताउनु भयो । मृतकको शव पोष्मार्टमका लागी जिल्ला अस्पताल सल्यानमा ल्याईएको प्रहरी प्रमुख खतिवडाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्