सैनामैनाका सबै सामुदायिक विद्यालयलाई फिल्टर र सेनेटरी प्याड प्रदान



यमलाल भुसाल, बुटवल ।

रुपन्देहीको सैनामैना नगरपालिकाले नगर भित्रको सबै सामुदायिक बिद्यालयहरुलाई उच्च स्तरको तातो चिसो पानी आउने प्रबिधिको फिल्टर हस्तान्तरण गरेको छ ।

पानीका कारण संक्रमण नहोस भन्ने उद्देश्यले सबै सामुदायिक बिद्यालयमा फ्रिज जडान भएको उच्च प्रबिधिको फिल्टर उपलब्द गराईएको सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनु भयो ।

नेपाल सरकारको नीति अनुसार सबै बिद्यालयमा छात्रा तथा महिला कर्मचारीलाई आवश्यक पर्ने सेनेटरी प्याड र भेन्डीङ्ग मेशिन खरिद गरी उपलब्द गराईको समेत प्रमुख कार्कीले बताउनु भयो ।

महिला कर्माचारी तथा बिद्यालयका छात्राहरु महिनावारी भएको बेलामा कुनै समस्या नहोस र सामान्य अवस्थामा जस्तै कार्य गर्न सकुन भन्ने उद्देश्यले सेनेटरी प्याड उपलब्द गराईएको कार्कीले बताउनु भयो । सबै कार्यालयहरुमा आधारभुत स्वास्थ्य सुरक्षा प्रदान गरेर मात्र संचालन गर्नु पर्नेमा प्र्मुख कार्कीले जोड दिनु भएको थियो ।

नगरका भित्रका आधारभुत बिद्यालयलाई ५० लिटर क्षमताको र माध्यमिक बिद्यालयलाई २ सय लिटर क्षमताको उच्च स्तरको चिसो पानी आउने प्रबिधिको फिल्टर उपलब्द गराईएको सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनु भयो ।

सबै सामुदायिक बिद्यालयहरुलाई बर्ष भरी पुग्ने गरी सेनेटरी प्याड उपलब्द गराईएको सैनामैनाका शिक्षा शाखा प्रमुख हेमराज अर्यालले बताउनु भयो । बिद्यालयमा संचलानको समयमा छात्राहरुलाई महिनावारीको समयमा पनि सहज रुपले अध्ययनमा सहभागी हुन भन्ने उद्देश्यले सेनेटरी प्याड उपलब्द गराईएको समेत शिक्षा शाखा प्रमुख अर्यालले बताउनु भयो ।

बिद्यालयमा स्वच्छ पानी उपलब्द होस भन्ने उद्देश्यले नगरपालिकाले फिल्टर उपलब्द गराएकोमा आफुहरु उत्साही भएको रामापुर मा .बि का प्रधानाध्यापक कृष्ण पौडेलले बताउनु भयो ।

सबै बिद्यालयलाई उपलब्द गराउने उद्देश्यले २५ लाखको लागतमा १८ वटा उच्च प्रबिधिको फिल्टर खरीद गरिएको नगरपालिकाले जनाएको छ ।

७१ हजार प्याकेट सेनेटरी प्याड ३८ लाख र १८ वटा भेडिङ्ग मेशीन ३ लाख ६० हजारमा खरिद गरी सामु्दायिक बिद्यालयलाई उपलब्द गराईएको हो ।

प्रतिक्रिया दिनुहोस्