४८ दिन साइकल चलाएर घर पुग्ने बिद्यार्थी



एथेन्स,(एजेन्सी)

कोभिड १९ महामारीको कारण पटक पटक स्कटल्यान्डबाट स्वदेश फर्कने उडान रद्ध भएपछि दिक्कै हुँदै एकजना ग्रिक बिद्यार्थी ४८ दिन सम्म साइकल चलाएर आफ्नो घर पुग्ने निर्णय गरेका छन् । युनिभर्सिटी अप एवर्डिनका बिस वर्षिय बिद्यार्थी क्लेयोन पापादिमिट्रिउले मार्चको उत्तरार्धमा कोरोना महामारीकै कारण उनले एथेनस फर्कन बुक गरेको उडान रद्ध भएपछि उनी उक्त साहसिक निर्णय लिन बाध्य भएको ग्रिक संचार माध्यमले जनाएको छ ।

उनी भन्छन् – ‘२ हजार १ सय ७५ माइल तय गरेर घर सम्म पुग्नु अघि केहि अनुसनधान त गर्नु नै पथ्र्यो । आफ्नो परिवार र सार्थीभाईहरुसंग छलफल गरेर एउटा साइकल किनें ।’ उनले आफ्नो यात्रा प्गति विवरणबारे आफ्ना समर्थकहरुलाई निरन्तर जानकारी दिन एउटा एप र इन्सटागम एकाउनट बनाएका थिए । केहि रोटि र क्यान फुड लिएर उनले यात्रा शुरु गरे । इंगल्यान्ड , नेडरल्यान्ड , जर्मनी , अष्ट्रिया र इटाली हुँदै यात्रा पूरा गर्न उनले ३५ देखि ७५ माइल साइकल चलाएका थिए ।

उनले इटालीको पुर्वी समुन्द्री तट देखि ग्सिको पात्रास बन्दरगाह सम मभने जहाजबाट यात्रा गरेका थिए । त्यसपछि पुन साइकल चढेरै उनी एथेन्स पुगेका थिए । उनले यस यात्राका दौरान आफुले आफ्नो शासह र कमजोरी देखि लिएर धेरै कुरा सिक्न पाएको सिएनएनलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्