चिनियाँ अन्तरिक्ष यान मंगल ग्रह प्रस्थान



बेइजिंग,(एजेन्सी)

चीनले पहिलो पटक स्वतन्त्र अन्तिरिक्ष अभिायान अन्तर्गत रोभर नामक अन्तरिक्षयानको मंगल ग्रह तर्फ सफल प्रक्षेपण गरेको छ । अहिले सम्म चीन लगायत संयुक्त अरव इमिरेट्स ( युएइ ) र संयुक्त राज्य अमेरिका मात्र आफ्नो प्राविधिक क्षमता प्रदर्शन गर्दै यसरी रातो ग्रहमा अन्तरिक्ष पठाउन सक्ने मुलुक बनेका छन् ।

चीनको दक्षिणी हैनान टापुको वेनचाँग अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट वेलायती समय अनुसार विहिवार बिहान सवेरै दि ल्यानडरलाई चीनकै सबैभन्दा ठूलो रकेट लन्ग मार्च ५ वाइ– ४ मा राखेर प्रक्षेपण गरिएको हो । यो रकेट आगामी फ्रेबु्रअरीमा मंगल ग्रहमा पुग्ने अपेक्षा गरिएको छ । त्यसपछि यसले मंगल ग्रहमा नब्बे दिन अध्ययन अनुसन्धान गर्नका लागि रोभरलाई त्यहाँ तैनाथ गर्ने प्रयास गर्ने छ ।

यदि यो अभियान सफल भएको खण्डमा दुई हजार वर्ष अघि लेखिएको अनुमान गरिएको ऐतिहासिक कविताको शिर्षक ‘ स्वर्गलाई प्रश्नहरु ’ अर्थात तियानमेन – १ चीनलाई मंगलाग्रहमा रोभर घुमाउने , अवतरण गराउने र तैनाथ गर्ने विशवकै पहिलो राष्ट्र बनाउने छ ।

चीन एक्लैले स्वतन्त्र रुपमा अन्तरिक्ष अभियान कार्यान्वयन गरेको पनि यो पहिलो घटना हो । यस अघि चीनले सन् २०११ म रसियाको रकेटको सहयोगमा यस अभियानका लागि प्रयास गरेको थियो । तर सो अभियान असफल रह्यो । त्यो रकेट पृथ्वीको कक्षबाट ैबाहिरिन असफल रहेको थियो ।

यस अभयानका प्रवक्ता लिउ तोन्गजीले यन मंगल ग्रह नजिकैंदै गएपछि मंगलको गुरुत्वाकर्ष शक्ति लगायतका कारण थुपै प्राविधिक चुनौतिहरु बढ्नेछन् । अहिले अमेरिका , भारत र युरोपेली संघ लगायतका आठ वटा अन्तरिक्ष यान मंगल ग्रहका ेकुनै न कुनै अभिायनमा रहेको तथा अभियानको योजनामा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्