वेलुनलाई हावामा राख्ने नयाँ किर्तिमान



अमेरिका,(एजेन्सी)

अमेरिकाको इदाहोका एक पुरुषले तीन वटा वेलुनलाई एक घन्टा १२ मिनेट र पचास सेकेन्ड सम्म हावामा टिकाएर राख्दै गिनिज वल्र्ड रिकर्ड तेड्न सफल भएका छन् । विज्ञान , प्रविधि , इन्जिनियरिंग तथा गणित शिक्षा प्रवर्धन गर्ने उद्देश्यले डेविड रसले अहिले सम्म एक सय पचासवटा भन्दा बढि गिनिज रिर्कड ताडिसकेका छन् ।

उनले एउटा खाली जिमहलमा त्यसरी तीनवटा वेलुनलाई लामो सम्म राख्ने प्रयास गरेका थिए । उनले यस अघिको ३९ मिनेट र ४९ सेकेन्डले पछि पार्न ति तिनवटा वेलुनलाई दुई हात , खुट्टा र टाउकोको सहाराले हावामा सन्तुलित अवस्थामा राखेका थिए ।

तर गिनिजले प्रमाण पत्र प्रदान नगरुन्जेल उनको यस सफलताले औपचारिकता नपाउने भएको छ । त्यहि पुरानो किर्तिमानलाई उनले सन् २०१९ को जनवरीमा पनि १५ मिनेटले जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्