छोराको आसले आमाको ज्यान जोखिममा



न्युज अफ नेपाल, सल्यान ।

सल्याको कुमाख गाउँपालिका वडा नम्बर ७ की २९ बर्षकी रीता बिक सुत्केरी हुन जिल्ला अस्पताल सल्यान पुग्नु भयो , सुत्केरी हुने क्रममा पाठेघर फुटेर अवस्था अत्यन्त जटिल भयो र पाठेघर काटेर शल्यक्रिया गर्नुपर्ने देखियो । उहाँकोे शल्यक्रिया पनि गरियो । रिताको ज्यान त बच्यो तर उनको बच्चा बाच्न सकेन । उनका तिन छोरी थिए, र छोरा पाउने रहरमा उनि चौथो पटक गर्भवती भएकी थिईन । उहाँको धेरै रगत बगेका कारण कुल ५ पिन्ट रगत चढाएर सल्लेक्रिया गरिएको हो ।

यस्तै अचेत अवस्थामा अस्पताल पुगेकी छत्रेश्वरी गाउँपालिका ७ की २२ वर्षीया नेहा बिक सुत्केरी हुँन अस्पताल पुगिनरहेको हुदायहा ज्ल्लिा अस्पताल ल्याइयो । उच्च रक्तचापका कारण इक्लेम्पसिया रोगबाट पिडित उनिको पनि सफल सल्यक्रिया गरियो । अवस्था जटिल भएपछि हेलिकप्टर मार्फत नेपालगंज पठाउनु पर्ने थियो, तर मौसम खराब भएकोले त्यो सम्भव भएन, पेट भित्रको बच्चाको निगरानी गर्दै शल्यक्रिया गरेर २२ सय ग्रामको बच्चा निकालियो, शल्यक्रियाको १२ घण्टा पश्चातबल्ल बिरामीको होस खुल्यो र क्रमिक सुधार भयो । दशदिनको बिचमा जिल्ला अस्पताल सल्यानमा ६ वटा जटिल खालको शल्यक्रिया गरिएको छ ।

सल्यान जिल्ला अस्पतालमा यस्तो शल्यक्रिया पहिलो पटक गरिएको जिल्ला अस्पताल सल्यानका डाक्टर प्रदिप शर्माले बताउनु भयो । सल्यानमा छोराको रहरमा पटक पटक गर्भवती हुने प्रचलनले गर्दा बिभिन्न जटिलता निम्ति रहेको उहाँले बताउनु भयो । ग्रामिन भेगका महिलाहरु अझै पनि छोराको आसमा पटक पटक गर्भवती हुँदा आमाको ज्यान जोखिममा पर्ने खतरा देखिएको उहाँले बताउनु भयो ।

जिल्लामा ग्रामिन भेगका महिलाहरु छोरा जन्माउने आसमा जोखिम मोल्ने गरेको पाईएको छ । यस आर्थिक बर्षमा जटिल शल्यक्रिया ५७, सामान्य शल्यक्रिया ९२, जटिल प्रसुती १ सय १२ र सामान्य प्रसुती १ हजार २ सय २८ जनाले गराएको डाक्टर प्रदिप शर्माको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्