बालबालिकालाई प्रविधि मैत्री लगायत सिर्जनात्मक बनाउन विशेषज्ञको सुझाव



लन्डन,(एजेन्सी)

स्ट्यान्फोर्डका मनोविज्ञान विशेषज्ञले अहिले आधुनिक समाजमा अभिभावकहरुले आफ्ना बालबालिकालाई तिनीहरुलाई स्मार्ट बनाउने उद्देश्यले डिजिटल प्रविधि नजिक राख्न खोजेपनि त्यसको सही सदुपयोगन गर्न असफल भइरहको बताएका छन् । विशेषज्ञका अनुसार प्रविधि टाइकुनहरु जस्तै स्टिभ जब्स र विल गेट्स को पनि आफ्ना सन्तानलाई निश्चत स्क्रिन टाइम दिने नीति रहेको स्मरण गरएका छन् ।

यस हिसाबले भविष्यमा आफ्नो ध्यान र जिवन अरुबाट निर्देशित र नियन्त्रित हुन दिने तथा आफुलाई कसैले प्रभावित गर्न सक्तैनन् भनेर गर्व गर्ने खालका दुई किसिमका पिंढी तयार हुने बताइएको छ । कुनै पनि बाह्य व्यक्ति वा तत्वबाट नियनत्रत वा प्रभावित नहनु एकाइसौं शताब्दिको सबैभन्दा महत्वपूर्ण सिप हो । ति विशेषज्ञले वषौं लामो मनोविज्ञान र प्रविधि माथिको अध्ययन तथा अनुसन्धान पछि अभिभावकहरुको ठूलो गल्ती भनेकै आफ्ना बालबालिकालाइृ आफ्नो समय माथि नियन्त्रण गर्न सक्ने स्वायत्तता नदिनु हो भनेका छन् ।

तिनीहरुलार्ईे कलिलै उमेर देखि आफ्नो समय र ध्यानलाई सदुपयोग गर्ने तरिका सिकाइनु पर्ने बताइएको छ । एप्स भिडियो बालबालिकालाई दुव्र्यसनी नै बन्ने किसिमले बनाइने हुनाले तिनमा धेरै समय बिताउनु भनेकै आफ्ना दौंतेरीसंग धुलमिल हुन र अन्य प्राकृतिक खेलकुदबाट टाढिुनु हो । साथै यस्तो अवस्थामा तिनीहरु आफ्ना मातापितासंग बस्न समेत रुचाउँदैनन् ।

मुख्य कुरा बालबालिकालाई सामाजिक संजाल र गेमिंग कम्पनीको उद्देश्य बुझाउन सक्नु पर्दछ । तिनीहरुलाई दिनभरि कति समय स्क्रिन सामु बस्न दिने भन्ने निर्णय अभिभावकले गर्नुपर्ने सल्लाह दिइएको छ । साथै अभिभावकहरुलाई आफ्ना बालबालिकाको अनलाइन गतिविधिमाथि ध्यान दिन र त्यस वापत तिनीहरुको के कति अन्य गतिविधि खेर गइरहेको छ भन्ने कुरामा पनि ध्यान दिन सुझाव दिइएको छ । साथै बालबलिकालाई शान्त र सम्मानपुर्वक सम्झाई बुझाई कति समय डिजिटल प्रविधिमा समय दिने हो भन्ने कुरा तिनीहरु आफैलाइृ निर्णय गर्ने अधिकार दिइएको खण्डमा तिनीहरुले अभभिावकलाई छल्ने र ढाँट्ने समस्याहरु नआउने पनि विशेषज्ञको ठम्याइ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्