लोकप्रिय बन्ने यस्तो पनि तरिका !



लन्डन,(एजेन्सी)

इन्टरनेट मार्फत आफु शायद मर्न लागेको सुचना दिने एक महिला प्रति उनका प्रशंसकहरुले लाखौं प्रतिक्रिया व्यक्त गरेका छन् । वेलायतको लिड्स निवासी डायाने कोपले आफ्नो ६२ औं जन्मदिनको केहि समय अघि टिव्टर युजरहरुलाई आफुलाई पाँच मिनेट चर्चित बनाउनका लागि रिट्विट गर्न अनुरोध गरेकी थिइन् ।

लिड्स लाइभका अनुसार उनको सो पोस्टले ६ लाख ६७ हजार लाइक , २ लाख २० हजार रिट्विट र हजारौं कमेन्ट पाएको छ । उनको पोस्टमा लेखिएको छ- ‘ठूलो अनुरोध । यसै सप्ताहान्त म ६२ वर्षकी हुँदैछुं । त्यसैले म छिटै मर्न पनि सक्छुं वा अल्झाइमेर लाग्न सक्छ वा पागलै पनि बन्न सक्छुं । म पाँच मिनेटको लोकप्रियता हासिल गर्न चाहन्छुं । यदि तपाईंहरुले रिट्विट गरिदिनु भयो भने धन्य हुन्छुं । म विश्वव्यापि चिनिन चाहन्छुं । यो मेरो अस्तित्व पप्रमाणित गर्ने अन्तिम मौका हो ।’

तर केहिले उनी साँच्चै मर्न लागेको ठानेर उनलाई अनिम विदाइ दिएका छन् । डायनेले ट्विटरमै मानिसहरुलाई आफुले एक प्रयोग मात्र गर्न लागेको र आफ्नो ज्यानबारे चिन्ता नलिन सम्झाउनु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्