‘कोरोना खोप’ अक्सफोर्ड र अमेरिकाको भन्दा चिनियाँ अगाडी र राम्रो छ



बेइजिंग (एजेन्सी)

चीनको सेना तथा फार्मास्युटिकल कम्पनी क्यानसिनो बायोलोजिक्सले विकास गरेको कोरोना भाइरस खोप अन्य देशका प्रतिस्पर्धी खोप भन्दा राम्रो भएको चिनियाँ विज्ञहरुले बताएका छन् ।

अहिलेसम्म अमेरिकाको मोडर्ना इन्क र बेलायतको अक्सफोर्ड युनिभर्सिटीका खोप मानवमा पहिलो चरणको परीक्षणमा सफल भइसकेका छन् भने चीनको खोप दोस्रो चरणको परीक्षणमा पनि प्रभावकारी सावित भइसकेको छ ।

अक्सफोर्डको खोपको उत्पादन भारतको सीरम इन्स्टिच्युटले पनि गर्नेछ जसले गर्दा खोप सफल भएपछि छिटो भन्दा छिटो भारतले पनि उक्त खोप हासिल गर्न सकिने छ । क्यानसिनोको खोप एक इन्जेक्सनमा कम डोजले पनि इम्युनिटीमा प्रभावकारी देखिएको सांघाइका खोप विशेषज्ञ ताओ लिनाले ग्लोबल टाइम्सलाई बताएकी छन् ।

अमेरिकाको एमआरएनए खोप र अक्सफोर्ड युनिभर्सिटीको खोप दुई पटक इन्जेक्सन दिएपछि मात्र इम्युनिटीमा प्रभाकारी देखिएको थियो । दुई पटक खोप लगाउन ३ वा ४ हप्ताको अन्तराल राख्न आवश्यक थियो । यसको अर्थ चीनको खोप उत्पादन क्षमता बाँकी दुई भन्दा दुई गुणा हुन सक्ने र यो भाइरस फैलिन नदिन धेरै प्रभावकारी हुन सक्ने उनले बताइन् ।

मानवमा दोस्रो चरणको परिक्षणमा क्यानसिनोको एड५–एनकोव खोप सुरक्षित र असरदा पाइएको छ । यो खोप दिइएपछि स्वयंसेवकहरुमा प्रतिरोधात्मक क्षमतामा परिवर्तन देखिएको थियो । यो नतिजा सोमबार मेडिकल जर्नल द लान्सेटमा प्रकाशित भएको हो । यो खोप अडेनोवाइरस टाइप ५ भाइरल वेक्टरबाट बनाइएको हो ।

क्यानसिनो बायोलोजिक्सले चीनको सेनाको अनुसन्धान साखासँग मिले उक्त खोप बनाइरहेको छ । यो खोपको परीक्षण चीनको वुहानमा गरिएको थियो ।

लान्सेन्टमा प्रकाशित अर्को शोध पत्रमा भाइरल वेक्टरबाट विकसित गरिएको अक्सफोर्ड युनिभर्सिटी र अस्ट्राजेनेकाको कोरोना भाइरस खोप सीएचएडअक्स१ एनकोव–१९ दिएपछि भाइरस विरुद्ध एन्टिबडी तथा टी–सेल्स तथा एन्टिबडी देखियो । यसअघि अमेरिकाको मोडर्ना इन्कको खोप एमआरएनए १२७३ ले पहिलो चरणको परीक्षण भएको र त्यसमा पनि एन्टिबडी बनेको पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्