प्रम मोदीद्वारा आणविक बैज्ञानिकलाई बधाई



नयाँदिल्ली,(एजेन्सी)
भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार काक्रापार आणविक उर्जा भट्टी –३ अत्यन्तै निर्णायक उपलब्धि हासिल गरेको भन्दै आणविक बैज्ञानिकहरुलाई बधाई दिएका छन् । साथै उनले मातृभुमिमा नै निर्मित यस भट्टीले ‘ भारतमै निमार्ण गरौं ’ भन्ने अभियानको उदाहरणलाई चम्काइरहेको प्रतिक्रिया दिएका छन् ।

सातसय मेगावाट क्षमताको गुजरातमा निर्मित यस उर्जा भट्टीले सामानय ढंगले संचालनमा आएर उर्जा उत्पादन थाल्ने संकेत दिएको छ । मोदीले ट्विटर मार्फत बैज्ञानिकहरुलाई बधाई दिने क्रममा यस उपलब्धिबाट प्रेरित भएर भविष्यमा अन्य धेरै उपलब्धिहरु हासिल हुँदै जाने विश्वाश पनि व्यक्त गरेका छन् ।

विश्वले भारतलाई सुप कम्प्युटर, क्रियोजेनकि इन्जिन, आणविक क्षेप्यास्त्र र आणविक उर्जा प्रविधि प्ति निषेध गरेको थियो ।

तैपनि भारतले आफ्नै बलबुताले पाराम ८००० तथा अहिले पाराम शिवाय , सिइ– २० , अग्नी १ देखि ६ क्षेप्यास्त्र र टि. ए. पि.एस. तथा अहिले काक्रापार आणविक उर्जा भट्टी –३ निर्माण गर्न सफल भएको हो । दक्षिण एरियाली मुलुकहरु माझ भारतले विज्ञान तथा प्रविधि क्षेत्रमा तुलनात्मक रुपमा प्रगति हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्