मलाई जवर्जस्ती कारभित्र राख्दा म चिच्याएँ, लडिबुडी गर्न खोजें, केहि लागेन



जकार्ता,(एजेन्सी)

इन्डोनेसियाली अधिकारीहरुले विकट टापु सुम्वामा रहेको दुलही अपहरण गर्ने पुरम्परागत कुरिती हटाउने प्रतिवद्धता जनाएका छन् । त्यसरी दुलही अपहरण गरिँदै गरेको भिडियोहरुका कारण त्यस कुप्रथाबारे राष्ट्रिय बहश शुरु भएको छ । यसबारे २८ वर्षिया सित्रा नामक युवती आफु अपहरित भएको अनुभव सुनाउँछिन्- ‘एकदिन दुईजना पुरुष आएर आफुहरु स्थानिय अधिकारी भएको परिचय दिए ।’

तिनीहरुले मैले संचालन गरिरहेको सहयोग निकाय परियोजनालाई आर्थिक सहयोग गर्न चाहेको बताए । शुरुमा त मलाई तिनीहरुसंग जान अप्ठ्यारो महशुस भएको थियो । तर आफ्नो परियोजना सम्झेर मैले नकारात्मक शंका मनबाट हटाएं । एक घन्टापछि तिनीहरुले अर्को स्थानमा पनि बैठक बस्नु पर्छ भन्दै तिनीहरुको कारबाट जान अनुरोध गरे ।

‘म आफ्नै मोटरसाइकल बाट आउँछुं भन्दै मोटर साइकलमा साँचो घुसाउँदै मात्र थिएं, अचानक हन्य केहि पुरुषहरु पनि आएर मलाई च्याप्पै समाए । मलाई जवर्जस्ती कार भित्र राखिँदै गर्दा म चिच्याएँ, लडिबुडी गर्न खोजें । मेरो केहि पन लागेन । पहिलै कार भित्र रहेका अन्य दुइजना पुरषले मलाई भित्र ताने । मलाइ के हुँदैछ भन्ने थाहा भयो । मलाई विवाहका लागि अपहरण गरिँदै थियो ।’

स्थानीय भाषामा ‘ काविन तान्गकाप ’ भनिने यस्तो अपहरण कार्य विवाह गर्न चाहन पुरुषका परिवार वा साथीभाईबाट गराइन्छ । महलिा अधिकारवादी समुहहरुले लामो समय देखि यस प्रथा बन्द गराउने कोसिस गदै आएका छन् । यसपालि पनि इन्न्डोनेसियाको वाली देखि पुर्वमा पर्ने सुम्वामा भए यसस्तो घटनाका दुईवट भिडिो सामाजि संजालमा भाइरल हुनासाथ सर्वत्र विरोध हुन थालेको हो ।
तर सित्राले निक ैविरोध र संघर्ष गरी आफुलाई जवर्जस्ती विावाह हुनबाट जोगाएकी थिइन् । त्यसका लागि उनले छ सात दिन सम्म अपहरण गर्ने परिवारले दिएको अन्न र जल मुखमै हालिनन् । उनलाई कसैले नदेख्ने गरेर आफ्नी बहिनीले खाना ल्याए दिने गरेकी थिइन् । तिनीहरुले दिएको खाना खाएको खण्डमा विवाहका लागि राजि भएको थानिथ्यो । आफ्नै ब्वाइफ्रेन्ड भएका सित्रालाई अनमेल विवाहबाट जोगाउन अन्तत उनका परिवार र महिला अधिकारवादी समुहहरु सफल भएका थिए ।
विश्वका अन्य मुलुकहरुका विभिन्न समुदायमा पनि कहिंकतै अझै सम्म यस्तो जवर्जस्ती अर्थात अनमेल विवाह कुप्रथा कायम रहेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्