मञ्जु र मीनाले ल्याए तीजैमा



कोरोना संक्रमणको जोखिम र यसका कारण लगाइएको लकडाउनका कारण यस वर्ष तीज गीत प्रभाजित हुने अनुमान गरिए पनि तीज नजिकिँदै गर्दा बजारमा तीजका गीतसंगीत सार्वजनिक हुने क्रम बढिरहेको छ। हालसम्म करिब ४ सय तीज गीत सार्वजनिक भइसकेका छन्।

वर्षदिनभरि जति दुःख भए पनि तीजको एक दिन नाचेर, हाँसेर भए पनि आफ्नो मनलाई खुसी बनाउने चेलीबेटीको चलनलाई लिएर गायिका मञ्जु पौडेल र मीना निरौलाले पनि तीज गीत सार्वजनिक गरेका छन्। पौडेल र निरौलाको संयुक्त स्वरमा तयार पारिएको तीजैमा बोलको तीज गीत सोमबार सार्वजनिक गरिएको हो।

मञ्जु र मीना यो गीतमा गत वर्षहरू भन्दा फरक तरिकाले प्रस्तुत भएका छन्। गीतलाई मौलिकतासँगै आधुनिकतामा पनि बदलिएको छ। मञ्जु र मीनाले बजारमा आइरहेका अन्य तीज गीतभन्दा फरक रूपमा यसलाई पस्किएका छन्। गायिका मञ्जु पौडेलको संगीत एवं दिग्गज द्यौरालीको शब्द रहेको गीतमा निरज श्रेष्ठले संगीत संयोजन रेहेको छ। गीतलाई लोक आधुनिक शैलीमा प्रस्तुत गरिएको छ।

तिजैमा गीतमाथि म्युजिक भिडियो पनि तयार पारिएको छ। म्युजिक भिडियो दुर्गा पौडेलले छायांकन तथा निर्देशनमा तयार पारिएको छ। नवीन घर्तीमगरको सम्पादन रहेको भिडियोमा गायिका मीना निरौला र मञ्जु पौडेलको साथमा इन्दु, रश्मी र भावनालाई फिचरिङ गरिएको छ। भिडिया बीएमएस फिल्म्सबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्