मृगौला प्रत्यारोपणपछि मस्तिष्कमा समस्या, ७५ लाख सकियो, उपचार खर्चको अभाव



दुर्गाप्रसाद शर्मा, पर्वत । 

मानिसको जीवनमा अनेक समस्या आइपर्छन । एउटा समस्याको समाधानका लागि सबै जायजेथा सकेपनि अर्को समस्याले फेरी पिरोल्छ अनि बाध्य भएर सहयोगका लागि हात थापेर हिड्नुपर्छ । एकपछि अर्को समस्या थपिएपछि पर्वतको फलेवास नगरपालिका २ थापाठानाको एउटा परिवार अहिले सहयोगको लागि अपिल गरिरहेको छ ।

कुस्मा नगरपालिका ५ मेलमिलाप चोकमा सानो किराना पसल चलाउँदै आएका ३७ बर्षि य गणेश श्रेष्ठ र श्रीमती गीता श्रेष्ठ उपचारमा सम्पती सकिएपछि थप उपचारका लागि सहयोगको अपिल गर्न बाध्य भएको हो । गणेश श्रेष्ठको मिर्गौला, पिसाब थैली र मस्तिष्कमा देखिएको रोग को उपचारका लागि ७५ लाख सकेपनि अहिले समस्या सकिएको छैन । मृगौलामा खराबी देखिएपछि १२ बर्ष अघि भारतको चण्डीगढमा प्रत्यारोपण गरिएको थियो ।

आमा भीमकुमारी श्रेष्ठले छोरालाई मृगौल दिएपछि प्रत्यारोपण भएको थियो । करिब १ वर्ष भारतमै रहेर उपचार गरेर उनी नेपाल फर्किपछि पनि निरन्तर समस्या देखिएको श्रीमती गीता श्रेष्ठ बताउनुहुन्छ । ‘जायजेथा बेचेर, ऋणधन गरेर मृगौला प्रत्यारोपण त गरेका हौ’ उहाँले भन्नुभयो ‘अहिले १२ वर्षपछि फेरी नयाँ समस्या देखियो, उपचारका लागि ७५ लाख सकियो, अब त उपचारका लागि खर्च जुटाउन कठिन छ।’ नयाँ समस्या देखिएपछि पोखरामा महिना दिन सम्म उपचार गराउँदा पनि पहिचान नभएपछि मृगौला प्रत्यारोपण गरेकै भारतको चण्डीगढ स्थित अस्पतालमा पुगेपछि मस्तिष्कमा दाग देखिएको श्रेष्ठले बताउनुभयो ।

गणेशको मस्तिष्कमा दागहरु देखिएकाले ‘मलाई त सबैले पागल भयो भन्ठान्थे, मैले सबैलाई पिट्थेँ रे। उपचार गराउँदा नि हात र खुट्टा बाँधेर गराएका रे। पछि शरीरको शक्ति सकिएपछि हातखुट्टा फाल्न पनि सकेको थिइन रे।’ गणेश भन्नुभयो ‘यत्तिको सुधार होला जस्तो पनि देखिँदैनथ्यो। अब मन खाने कसैले २र४ पैसा सहयोग गरेमा बाँच्छु भन्ने आसा जागेको छ। मलाई मर्न मन छैन ।’

चण्डीगढको पिजिआईमा भर्ना भएर २ महिना र चिकित्सकको निगरानीमा रहनको लागि १० महिना बसेपछि आर्थिक अभाबका कारण नेपाल फर्किएका छन । चिकित्सकले बोलाएको समय पनि ३ महिना बढी भइसकेको छ तर खर्च अभाबमा थप उपचारका लागि जान सकेको छैन यो परिवार । मस्तिष्कको समस्याको पछिल्लो अबस्थाका बारेमा पहिचान गर्न, पिसाब थैलीमा पनि समस्या देखिएका शल्यक्रिया गर्नुपर्ने भएपनि अर्थ अभाबमा गाह्रो भएको छ । १२ वर्ष अगाडि मृगौला प्रत्यारोपण गर्दा झन्डै १५ लाख सकेका गणेशको परिवारले पुख्र्यौली सम्पती सकेका थिए । १२ वर्षदेखि मासिक ३० हजार रुपैयाँ बराबरको औषाधि गर्दा अहिले सम्म ४३ लाख २० हजार बराबरको औषधिमा खर्च भएको छ । अहिले फेरि समस्या देखिएर मणिपालमा रहँदा करिब ४ लाख रुपैयाँ खर्च भएको श्रीमती गीताको भनाइ छ।

यस्तै भारतमा उपचार गर्न दोस्रो पटक जाँदा ऋण काढेर १७ लाख खर्च गरेका छन्। सामान्य किराना पसल सञ्चालन गर्दै आएका गणेशको उपचारमा लागेको खर्च सबै ऋणमा रहेको छ। अहिले बिभिन्न संस्थाले सहयोग संकलन अभियान थालेका छन । समाप्त साउन ५

प्रतिक्रिया दिनुहोस्