कोरोना उत्तरार्ध अर्थतन्त्रबारे इयुको छलफल



वर्लिन,(एजेन्सी)

कोरोना भाइरस उत्तरार्ध बृहत अर्थतन्त्र पुनरुत्थान योजनाबारे छलफल गर्न आइतवार तेश्रो दिन पनि युरोपेली संघ ( इयु ) नेताहरुको भेला भएको छ । यस छलफलको दौरान केहि सदस्य राष्ट्रले प्रस्ताावित ८ सय ५७ अर्व अमेरिकी डलर वरावरको पकेज निकै ठूलो भएको तथा तयो अनुदान भन्दा ऋणको स्वरुपमा आउनु पर्ने विचार व्यक्त गरेका छन् ।

जर्मन चान्सलर एन्जेला मर्केलले सदस्स्यहरुको आर्थिक कोषमाथि सहमति हुनु बाँकी नै रहेकाले आइतवार नै नेताहरुले सम्झौता टुंग्याउन नसक्ने बताएकीछन् ।

उनले यहाँ थुप्रै असल चहाना भएपनि धेरै विविध अवस्था पनि विद्यमान रहेकोबारे सचेत गराएकीछन् । विश्वव्यापि एकै दिनमा अप्रत्यासित रुपमा नयाँ संक्रमितको संख्याले किर्तिमान राखेपछि पूर्वनिर्धारित नभए पनि ते।ो दिन पनि बैठक राखिएको हो । विश्व स्वास्थ संगठन ( डब्लयुएचओ ) ले विगत २४ घन्टा भित्र विश्वमा झण्डै २ लाख ६० हजार नयाँ संक्रमित थपिएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्