इरानले फ्रान्सलाई ब्ल्याक बक्स बुझायो



तेहरान,(एजेन्सी)

यसै वर्षको शुरुमा गल्तीवश राजधानी तेहरानमा खसालिएको युक्रेनी यात्रुवाहक विमानको ब्ल्याक बक्स इरानले फ्रान्स पठाएको छ । गत ८ जनवरीमा धावनमार्गबाट उडेको लगत्तै दुईवटा क्षेप्यास्त्रको मारमा परेको सो विमानमा सवार सम्पूर्ण १ सय ७६ व्यक्तिको ज्यान गएको थियो ।

इरानको उप विदेशमन्त्रीले शुक्रवार पेरिस लगिएका ब्लायकबक्सको सोमवार परिक्षण र अध्ययन कार्य शुरु हुने बताएका छन् । संयुक्त राज्य अमेरिकासंग तनव चुलिइरहेकोबेला घेटेको सो घटनाको जिम्मेवारी लिन शुरुमा इरानले अस्विकार गरेको थियो ।

इराको राजधानी वग्दादको विमानस्थलमा अमेरिकी ड्रोन आक्रमणमा आफ्नो सैनिक कमानडर सुलेइमानीको हत्या भएपछि त्यतिवेला इरान अमेरिकासंग चिढिएको थियो । इरानी राष्ट्रपति हस्सन रुहानीले युक्रेन इन्टरनेसनल एयरलायनसकधो उडानमा रहेको सो विमान माथि क्रुज क्षेप्यास्त्र हुनुलाई ‘ अक्ष्यम्या गल्ती ’ को संज्ञा दिएका थिए । पश्चिमी गुप्तचर अधिकारीहरुले सो घटनामा इरानको संलग्नता रहेको प्रमाण पेश गरेपछि मात्र इरानले आफ्नो गल्ती स्विकारेको थियो ।

प्रतिक्रिया दिनुहोस्