पाइपमा फसेको कुकुरको उद्धार


लसएन्जेल्स,(एजेन्सी)

अमेरिकाको क्यालिफोर्नियाका अगिननियन्त्रण टोलिले युनिभर्सिर्टी अफ क्यालिफोर्निया सान्ता वरवारा क्याम्पसको ढलको पाइपमा फसेका एउटा कुकुरको उद्धार गरेको छ ।

उक्त क्याम्पस हाताभित्रको ढलबाट कुकुर रोएको आवाजबारे स्थानिय एक व्यक्तिले सान्ता वारवारा काउन्टि फायर डिपार्टमेनटलाई खवर गरेका थिए ।

अग्निनियन्त्रकहरुले ढल भित्रै पसेर कुकुरलाई तानेर बाहिर निकालेका थिए । सोफी नामको दुई वर्र्षिय कुकुर विगत एक महिनादेखि त्यसको मालिकको घरबाट हराइरहेको थियो ।

तर उद्धारकर्ताहरुले करिव तीन दिन देखि मात्र सोफी पाइप भित्र फसेको हुनुपर्ने अनुमान गरेका छन् । तर त्यसभन्दा पहिले सोफी कहाँ थियो भन्ने कसैलाई थाहा नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।