भड्किलो पोशाक प्रति मोडलको क्षमायाचना



मनिला,(एजेन्सी)

फिलिपिन्सको एकजना स्वतन्त्र महिला मोडलले सोमरसेट एमआरटि स्टेसनमा आफुले लगाएको पहिरनको कारण अप्ठायारो पर्न गएको प्रति सिंगापुरका जनतासंग क्षमायाचना गरेका छन् । केहि मानिसले उनको भडकिलो पहिरन प्रति आपत्ति जनाएपनि वास्तवमा उनले क्षमा माग्नै पर्ने जरुरी भने थिएन ।

एस्ली गार्सिया नामकी ति युवतीको तस्वीर उनको जानकारी र सहमति बिना एमआरटि स्टेसन स्थित पिओएसबि एटिएम सामु उभिरहेको अवस्थामा खिचिएका थिए । ति तस्वीरहरु शनिवार सामाजिक संजाल फेसबुकमा भाइरल हुन पगेको थियो ।

इन्टरनेट प्रयोगकर्ता अर्थात नेटिजेन्स मध्ये केहिले उनको पेशाको हिसाबले पहिरनमा औंला ठड्याइरहनु पर्ने आवश्यकता नरहेको विचार प्रकट गरेका थिए । तर केहिले भने उनको पहिरन अत्यन्तै छोटो , पातलो र खुल्ला भन्दै आपत्ति जनाएका थिए ।

तर कसैलाई केहि हानी नोक्सानी नपु¥याएका उनका फटाफट तस्वीर खिचेर फेसबुकमा राख्ने काम पनि सही नभएको प्रतिक्रियाहरु प्नि प्राप्त भएका छन् । चिनिया दैनिक अखवार लियान्हे वान्वाओले समेत व्रा नलगाएकी ति युवतीलाई सबै बटुवाले क्वारक्वार्ती हेरिरहेको समेत महशुस नभएको भन्दै तस्वीर सहित समाचार बनाउन भ्याएको छ ।

गार्सियाले आफ्नो फेसबुक पेजमा लेखेकीछन्,‘मेरो पहिरन भडकिलो र मैले अंग प्रदर्शन खोजेको जस्तो तपाईंहरुलाई लाग्छ भने म त्यसका लागि क्षमा माग्दछुं । तर मैले टपभित्र पनि निप्पल टेल लगाएकी छुं । म तपाईंहरुको सम्मान गर्दछुं तर तपाईंहरुले पनि अर्काको निकै व्यक्तिगत प्रसंग उठाउनु भएको जस्तो पनि लाग्दछ । ’

प्रतिक्रिया दिनुहोस्