१३ वर्षपछि रोहित अपहरण तथा हत्याका मुख्य योजनाकार पक्राउ



दिपक रिजाल, काठमाडौं ।
महानगरीय प्रहरी अपराध महाशाखाले १३ वर्षपछि बहुचर्चित रोहित गुप्तको अपहरण तथा हत्या काण्डका मुख्य योजनाकार पक्राउ गरी सार्वजनिक गरेको छ ।
उनको अपहरण तथा हत्यामा संलग्न रहेका आफ्नै मामा राजेश कुमार झालाई आज आइतबार महाशाखाले सार्वजनिक गरेको हो । राजेशलाई भारतको लखनाउबाट पक्राउ गरी ल्याईएको महाशाखा प्रमुख दिपक थापाले जानकारी दिनुभयो ।

जोरपाटीको राई स्कुलमा अध्यनरत ११ वर्षिय गुप्तलाई २०६४ असोज २४ गते उनको आफ्नै मामाले अपहरण गरी हत्या गरेको थियो ।

कााठमाडौं खिचापोखरी बस्ने उनी सोही दिनको साँझ ५ बजे घरबाट निस्केका थिए । त्यसपछि उनी अपहरणमा परेका थिए । सोही दिनको बेलुकी ८ बजे उनका बुबा बासुदेव गुप्तलाई अपरिचित नम्बरबाट फोनगरी तपाईको छोरा अपहरणमा परेको र २ लाख ५० हजार रुपियाँ फिरौती रकम मागेको थियो ।

भोलीपल्टै बुबा बासुदेवले थानकोट पार्कमा पुगि सो फिरौती रकम बुझाएका थिए । तर अपहरित बच्चा उनले पाएनन् । भोलीपल्ट असोज २७ गते बेलुकी काठमाडौं कमलादी नजिकै प्लाष्टिकको झोलाभित्र प्याकिङ भएको अबस्थामा रोहितको शब भेटियो ।

त्यसपछि अनुसन्धान थालेको महाशाखाले अपहरण तथा हत्यामा संलग्न रहेका धादिङका विष्णु सुनारलाई पक्राउ गरेको थियो भने मुख्य योजनाका राजेश भने भारतमा भागेका थिए ।

प्रतिक्रिया दिनुहोस्