अमेरिकी नागरिक अधिकार अभियन्ता लेविसको निधन



वासिंगटन,(एजेन्सी)

नागरिक अधिकारका लागि भएको आन्दोलनका नेता तथा पछि अमेरिकी विधायक बन्न सफल जोह्न लेविसको असी वर्षको उमेरमा निधन भएको छ । उनी नागरिक अधिकारवादी नेताहरु ‘ बिग सिक्स ’ मध्ये एक हुन् । यस नेता सुचिमा सन् १९६३ मा वासिंगटनमा ऐतिहासिक मार्च आयोजना गर्न महत्वपूर्ण भुमिका निभाउने माटिन लुथर किंग जुनियर पनि पर्दछ । जर्जियाको डेमोक्रेट विधायक रहेका उनले यसको राजधानी एटलान्टाको थुप्रै क्षेत्रको प्रतिनिधित्व गरेका थिए ।

सन् २०१९ को डिसेम्वरमा लेविसले आफुलाई स्ेटज फोर प्याक्रियाटिक क्यान्सर भएको घोषणा गरेका थिए । त्यसवेला उनले एउटा विज्ञप्ति जारी गर्दै भनेका थिए , ‘ झण्डै जिवनभरि म कुनै न कुनै किसिमले स्वतन्त्रता , समानता , र आधारभूत मानव अधिकारका लागि संघर्षशिल रहँदै आएको छुं । तर अहिले जस्तो डरलाग्दो चुनौति भने मैले कहिल्यै सामना गर्नु परेको थिएन । ’

नागरिक अधिकार आन्दोलनको दौरान लेवसि बिद्यार्थी अहिंसा समन्वय समिती ( एसएनसिसि) का संस्थापकहरु मध्ये एक थिए । पछि उनी सन् १९६३ देखि १९६६ सम्म यस समितीका अध्यक्ष रहेका थिए । उनी सहआयोजक रहेको १९६३ को रोजगार र स्वतन्त्रताका लागि वासिंगटनमा निकालिएको मार्चम मार्टिन लुथरले एतिहासिक भाषण ‘ आइ ह्याभ अ ड्रिम ’ दिएका थिए । सो मार्चका उनी अन्तिम जिवीत आयोजक थिए ।

डेमोक्रेटिक सभामुख न्यान्सी पेलोसीले एउटा विज्ञपित आफ्नो वेवसाइट र सामाजिक संजालमा पोस्ट गर्दै उनको निधन पुष्टि गरेकीछन् ।

प्रतिक्रिया दिनुहोस्