ड्रग्स माफियाको सुरक्षा राष्ट्रपतिकै जस्तो



FILE PHOTO: Mexico’s President Andres Manuel Lopez Obrador holds a news conference at the National Palace in Mexico City, Mexico, March 17, 2020. REUTERS/Henry Romero/

मेक्सिको सिटी, ( एजेन्सी )

मेक्सिकोको सबैभन्दा शक्तिशाली लागुऔषध तश्कर समुह मध्ये एकका नाइके कुनैपनि महत्वपूर्ण नेतालाई सेनाले दिने जस्तो भारी शसस्त्र सुरक्षा दिइएको भिडियो फुटेज सामाजिक संजालमा भाइरल भएको छ । संयोगवश शुक्रवार भएके सो घटनाकाबेला मेक्सिकोका राष्ट्रपति एन्द्रेस म्यानुयल लोपेज ओव्राडोरले पनि सोही क्षेत्रको भ्रमण गरेका थिए ।

दुई मिनेट लामो क्लिपमा जालिस्को न्यु जेनेरेसन कार्टेल ( सिजेएनजि ) का सदस्यहरु लामो शसस्त्र सुरक्षा गाडीहरुको दाँयावाँया सडकमा उभिएका देखिन्छन् । मेक्सिकोकै प्रहरीको सर्वाधिक खोजिको सुचिमा रहेका नाइके नेमेसियो ‘ एल मेनचो ’ ओेसेगुएरालाई स्यालुट गर्दै ति सदस्यहरुले आफ्ना मुठ्ठी कस्दै र बन्दुक उचाल्दै ‘ केवल मेन्चोका जनता ’ भन्ने नारा घन्काएका थिए ।

सोही दिन राष्ट्रपति ओव्राडोरले लागु औषध तश्करहरुको बलियो पकड रहेका राज्यहरु ग्आनाजुआतो , जालिस्को र कोलिमाको औपचारिक भ्रमण गरेका थिए । अमेरिकी औषध नियमन प्रशासनका लागि अन्तराष्ट्रिय कार्यान्वयनका प्मुख माइक भिजिले तिनीहरुले मेक्सिकोमा लोपेज ओव्राडोरको नभई आफुहरुको राज चल्ने गरेको सन्देश दिन खोजेको बताएका छन् । यसबारे सोधिएको प्रश्नको ओव्राडोरको कार्यालयका प्रवक्ताले अहिले सम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

सो भिडियो कहिले खिचिएको पुष्टि नभएपनि भिडियो सक्कली नै भएको पुष्टि भइसकेको छ । सिजेएनजि हाल जेलमा रहेका अर्का कुख्यात ड्रग्स माफिया जोआक्विन ‘ एल चापो ’ गुज्मानको नेतृत्वमा रहेको सिनालोआ कार्टेल जत्तिकै शक्तिशाली मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्