जर्मनको जंगलमा र्याम्वोको व्यापक खोजि



वर्लिन,(एजेन्सी)

जर्मन प्रहरीले पाँच दिन सम्म लगातार ब्ल्याक फरेस्टमा खोजिकार्य जारी राखेर अन्तत ‘ र्याम्बो ’ उपनामका एक आशंकित बन्दुकधारीलाई गिरफतार गरेको छ । आइतवार ति ३१ व्र्षिय भेस राउस्क नामक पुरुष चारजना प्रहरी अधिकारीलाई धम्क्याउँदै तिनीहरुका पिस्तोल लुटेर दक्षिण पश्चिमी जर्मनीको ओप्पेनाउ नजिकको जंगल तर्फ भागेका थिए । साँच्चिकै चर्चित हलिवुड चलचित्र ‘ र्याम्वो ’ को ‘ फस्र्ट ब्लड ’ का दृश्यहरु सम्झाउने गरी उनको खोजिमा विशेष कमान्डो फोर्स , थर्मल डिटेक्टर्स , स्निफर डग्स र थुप्रै हेलिकोप्टर परिचालन गरिएको थियो ।

प्रहरीका अनुसार सो सर्च अपरेसनमा २ हजार ५ सय ३० जना भन्दा बढि अधिकारीहरु प्रयोग गरिएको थियो । उप क्षेत्रिय उप प्रहरी प्रमुख जर्जेन रिजरले पत्रकारहरुलाई बताएका छन् , ‘ उनलाई कारखमा एउटा बन्चरो , सामुन्ने चारवटा ह्यान्डगन राखेर झ्याँगभित्र लुकेर बसेको अवस्थामा फेला पारिउको थियो । पक्रने क्रममा राउस्क सामान्य घायते भएको र एकजना प्रहरीलाई पनि बन्चरोबाट चोट पुगेको थियो । ’

एकजना हुलाकीको सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिइएको थियो । मेयर युवि गेइजरले आफुहरुको सानो शहरमा अत्यन्तै असाधारण घटनालाई तह लगाउन सकेकोमा निकै राहत महशुस गरेको बताएका छन् ।

प्रहरीलाई शुरुमा एकजना आशंकित व्यक्ति आइतवार ओप्पेनाउ नजिकको जंगलको एक झुपडी वरपर घुमिरहेको देखिएको सुचना प्राप्त भएको थियो । प्रहरीले लामो समयदेखि ओप्पेनाउ क्षेत्रमा वसोवास गर्दै आएका उनलाई त्यस क्षेत्रबारे राम्रो जानकारी भएको बताएको छ ।

राउस्ककी आमाले उनलाई गत वर्ष भाडाको घरबाट निकालिएको बताएकीछन् । विल्ड अखवारले उनले गतवर्ष आफुले भाडामा लिएको घरमा सुटिंग रेन्ज बनाएको जनाएको छ । जंगलमै बस्ने व्यवस्था गर्नुअघि सम्म उनी आफ्नी काकीको घरमा बस्ने गर्दथे । गत वर्ष पनि उनलाइृ बाल अश्लि सामग्री सहत नियनत्रणमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्