मास्क लगाउन बाध्य बनाउन सक्दिन : ट्रम्प



वासिंगटन,(एजेन्सी)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले कोरानो भाइरस फैलिनबाट रोक्न मास्क लगाउन अमेरिकी जनतालाई आदेश दिन नसकिने प्रतिवद्धता जनाएका छन् । अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फसीले सम्पूर्ण अमेरिकी जनतालाई मास्क लगाउन सकेसम्म बाध्यकारी बनाउन राज्य तथा स्थानिय नेताहरुलाई आब्हान गरेको लगत्तै ट्रम्पको यो प्रतिक्रिया सार्वजनिक भएको हो ।

डा. फसीले मास्क लगाउनु साँच्चिकै निकै महत्वपूर्ण भएकाले सबैले यसलाई अवलम्वन गर्नुपर्ने बताएका छन् । अमेरिकामा मास्क लगाउने विषय माथि निकै ाजनीति भइरहेको राजनीतिक विश्लेषकहरको भनाइृ रहेको छ ।

अमेरिकाका अधिकांश राज्य गवर्नरहरुले मास्क लगाउनु वैयत्तिक छनौट मात्र नभई कानुनी रपमायसलाई अनिवार्य गरिनुपर्ने आवाज उठाइरहेका छन् । शुरुमा मास्क प्रयोगको विरोधमा देखिएका अलावामाका रिपब्लिकन गवर्नर काय इभि पनि अहिले मास्ककै पक्षमा उभिएका छन् ।

विगतमा मास्क लगाउँदिन भन्दै अडान लिँदै आएका ट्रम्प पनि गत शनिवार पहिलो पटक मास्क लगाएर सार्वजनिक भएका थिए । तर शुक्रवार फोक्स न्युजका लागि बोल्ने क्रममा ट्रम्पले मानिसहरुसंग निश्चित स्वतन्त्रता हुनुपर्ने भन्दै आफुले देशव्यापि रुपमा मास्क अनिवार्य गरिनुपर्ने नियम ल्याउन नसक्ने बताएका हुन् ।

यसै साताको शुरुमा अमेरिकी जनस्वास्थ निकाय रोग नियन्त्रण तथा रोकथाम केन्द्र( सिडिसि ) का निर्देशक डा. रोवर्ट आर रेडफिल्डले भाइरस रोकने र फैलिन नदिन कपडाको मास्क एक मात्र शक्तिशाली हतियार भएको विचार प्रकट गरेका थिए ।

त्यसैगरी संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्वका शक्ति राष्ट्रहरु विश्वव्यापि कोरोना महामारी विरुद्ध सहकार्य गर्न असफल रहेको भनी आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्