पारदर्शी रेनकोट लगााउदै यौनकर्मी आफ्नो पेशामा फर्किए



पेरिस ।

कोरोना भाइरस कारण संसारभरका यौनकर्मीहरु लामो समयदेखि पेशा बिहीन भएर बसेका छन । आफ्नो पेशा संकटमा परेपछि अहिले दक्षिण अमेरिकी देश बोलिभियामा कार्यरत यौनकर्मीहरु अहिले आफ्नो पेशालाई सुचार गर्न नयां उपाय अवलम्वन गर्न थालेका छन । यौनकमीहरुले अहिले पारदर्शी रेनकोट तथा अन्य सुरक्षाका उपाय अवलम्वन गरेर ग्राहकलाईै आफुतिर आकर्षित गरिरहेका छन ।

यौनकर्महरुकालागि कार्यरत संस्था अर्गनाइजेश अफ वर्कर्सं अफ बोलिभियाले यौन कर्मीहरुलाई सुरक्षाका नयां उपायका बारेमा जानकारी गराएपछि उनीहरु पीपीई, पारदर्शी रेनकोटको प्रयोग गरेर आफ्नो यौन पेशा संचालन गर्न थालेका छन । सो संस्थाले कोरोना भाइरस कारण यौनकर्मीहरुलाई सो संस्थाले चुम्वन नगरीकन सेक्स गर्न सुझाएको छ ।

बोलिभियामा देहब्यापारलाई कानुनी मान्यता दिएपनि त्यहांको सरकारले भने लाइसेन्स नलिई उक्त पेशा गर्न भने बन्देज लगाएको छ ।
कोरोना भाइरस संक्रमणका कारण संसारभर लकडाउन गरिएको कारण अन्यदेशका यौनकर्मीहरु भने आफ्नो पूर्ववत पेशामा फर्कन सकेका छैनन ।

प्रतिक्रिया दिनुहोस्