अफ्रिकामा ७ लाख बालबालिका मृत्युको मुखमा



केपटाउन ।

कोरोना भाइरस संक्रमणका कारण अफ्रिकामा बिभिन्न प्रकारको खोप लगाउनु पर्ने बालकालिका बन्चित भएका छन । कोरोनाका कारण ती खोपहरु स्थगित भएको कारण ७ लाख बालबालिकाको ज्यान जान सक्ने चेतावनी बिश्व स्वास्थ्य संगठनले दिएको छ ।

बिभिन्न रोगका कारण हजारौ बालबालिकाको ज्यान जाने गरेको अफ्रिकामा अहिले बालबालिकालाई लगाईने खोप नै प्रभावित भएको कारण अवस्था नाजुक हुन सक्ने बताइएको छ ।

बेलायत तथा स्वीस खोजकर्ताहरुले अफ्रिकाका ५४ देशका ७ लाख बालबालिकाको मृत्यु हुन सक्ने चेतावनी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्