‘कामदारले बिना जानकारी रानी पोखरीमा बोरिङको पानी हाले’ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरण


न्युज अफ नेपाल, काठमाडौं ।

पुनर्निर्माणको अन्तिम चरणमा पुगेको रानीपोखरीमा बोरिङको पानी हालेपछि विरोध भएको छ ।

पोखरीमा त्रिचन्द्र कलेजमा रहेको दुईवटा बोरिङबाट पानी हालेपछि सम्पदा संरक्षण अभियन्ताले आकासे पानी संकलण गरेर हाल्नुपर्ने बताउँदै विरोध गरेका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले संरक्षणको नाउँमा ऐतिहासिक सम्पदाको विनाश गर्न नमिल्ने अभियन्ताले बताउका छन् ।

तर, पुनर्निर्माण प्राधिकरण भने पोखरी निर्माणमा लागेका कामदारले बिना जानकारी बोरिङको पानी हालेको जनाएको छ । कामदरहरुले सोधपुछ बिना नै बोरिङको पानी राखेकाले उक्त फोहोर पानी बाहिर फालिरहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।