सपनाबाट अष्ट्रेलियाली महिला मालामाल



सिडनी,(एजेन्सी)

पन्ध्रवर्ष अधि एक रात सपनामा देखेका अंकहरु प्रयोग गरी चिठ्ठा किन्दै आएकी अष्ट्रेलियाली महिलाको सपना साकार भएको छ । अन्तत हालै उनले सात लाख अमेरिकी डलर वरावरको लोटरी ज्याकपट जित्न सफल भएकीछन् । क्विन्सलयान्डको रेडल्यान्डस निवासी ति महिलाले ६ जुलाई सामेवार वर्षौं देखि प्रयोग गरिँदै आएका नम्वरमै किनेको चिठ्ठामा गोल्ड लोटोले बुधवार खोलेको बम्पर उपहार आफुलाई परेको लोटो अधिकारीहरुलाई बताएका छन् ।

उनले भनेकीछन् , ‘ नतिजामा राखिएका नम्वर देखना साथ मलाई कबम्पर उपहार प¥यो भन्ने बुझिहालेंं । किनभने ति नम्वर मलाई कण्ठै थियो । ति नम्वर मलाई निकै फापेको छ । थारै थोर ैरकमको चिठ्ठा त यसभन्दा पहिले धेरै पटक परिसकेको छ । ठूला ेधनराषि जितेर म परिवारलाई सहयोग गर्न चाहन्थें । अब शायद म निर्धारित समय भन्दा केहि अगावै आफ्नो जागिरबाट अवकाश लिन्छुं होला । ’

 

प्रतिक्रिया दिनुहोस्