इरानमा तीन युवाको मृत्यदण्ड राेकियो



तेहरान ,(एजेन्सी)

इरानी सरकारी निकायले निकट भविष्यमा नै तीनजना सरकार विरोधि प्रदर्शनकारी युवालाई दिइन लागेको मृत्युदण्ड विहिवार रोकेको छ । यस मृत्युदण्ड निर्णय विरुद्ध सामाजिक संजालमा व्यापक अभियान शुरु भएपछि सरकार यो निर्णय लिन बाध्य भएको संचार माध्यमले जनाएको छ ।

मंगलवार मृत्युदण्ड दिइने निर्णय सार्वजनिक भएयता सामाजिक संजालमा पर्सियन ह्यासट्याग डु अन्डरस्कोर नट अन्डरस्कोर एक्जेक्युट ७५ लाख पटा प्रयोग गरिएको पाइएपछि सर्वोच्च अदालतले तिनीहरुको मृत्युदण्ड रोकेको हो ।

यस अभियानमा थुप्रै गन्यमान्य व्यक्तित्वहरुको पनि सहभागिता रहेको थियो । तिनीहरु विरुद्ध फेरि मुद्धा दोह¥याइने भएको छ । तिनीहरुलाई गत नोभेम्वरको सडक प्रदर्शनको दौरान पक्राउ गरिएको थियो । त्यसबेला सयौं प्रदर्शनकारी मारिएका थिए ।

यि तीनैजना पुरुषका वकिलहरुले पहिलो पटक आफ्ना क्लाइन्टका अदालती कागजात र तिनीहरु विरुद्ध पेश गरिएका प्रमाण हेर्न पाएको पत्रकारहरुलाई बताएका छन् ।

करिव बिस वर्ष उमेरका अमिर होस्सेन , माहमद राजावी र सइद ताम्जिदीलाई सरकारको पेट्रोलको भाउ बढाउने निर्णय विरुद्ध आयोजित सडक प्र्दर्शनमा गिरफतार गरिएको थियो । विश्वमा सबैभन्दा बढि मृत्युदण्ड दिने मुलकको सुचिमा चीन पछि इरान रहेको छ ।

१३ हजार जना भन्दा बढि मानिसको ज्यान जाने गरी मध्यु पूर्वमा कोभिड १९ महामारी फैलिए पनि इरानले भने गम्भीर मुद्धाहरु च्लाउने र अभियुक्तहरुलाई मृत्युदण्ड दिने क्रम भने रोकेको छैन । मंगलवार विहान मात्र वेस्ट अजरवैजान प्रान्तको उरुमिएह कारागारमा दुईजना कुर्दिस पुरुषलाई मृत्युदण्ड दिइएको थियो ।

क्रमशः २० र ३० वर्षिय दियाकु रासोउल्जादेह र सावेर शेख अब्दोल्लाह नामक यि दुई सन् २०१५ देखि मृत्युदण्डको प्रतिक्षामा रहेका थिए । तिनीहरुलाई सन् २०१० मा माहावादको सैनिक परेडमा बम राखेको अभियोग लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्