कोराना विरुद्धको अक्सफोर्डको खोप परीक्षण सफल



लन्डन (एजेन्सी)

बेलायतको अक्सफोर्ड युनिभर्सिटीले विकास गरेको कोरोना खोपको जाँचले सफल नतिजा देखाएका छ । यस अघि यस प्रका।काृ सफलताको दावी अमेरिकी औषधी कम्पनी मोडर्नाले गरेको हो ।

अक्सफोर्डको औषधीमा पनि स्वयंसेवकमा भाइरस विरुद्ध प्रतिरोधात्मक क्षमता विकास भएको पाइएको छ । अक्सफोर्डका वैज्ञानिक सीएचएडअक्स एकोव १९ अर्थात एजेडडी १२२२ पुर्ण सफल भएकोमा आश्वस्त मात्र होइन आगामी सेप्टेम्बर सम्ममा खोप उपलब्ध हुनेमा पनि विश्वस्त छन् । अक्सफोडले विकास गर्ने यो खोपको उत्पादन अस्ट्राजेनेकाले गर्नेछ ।

अक्सफोर्डको परीक्षण नतिजाको आधिकारिक घोषणा भएको छैन तर यो विहिबार द ल्यासेन्टमा छापिने अनुमान गरिएको छ । यसको नमुना परिक्षण १५ स्वयंसेवकमा गरिएको थियो र आगामी हप्तामा करिब २ सय देखि ३ सय थप स्वयंसेवकहरुमा यसका परीक्षण हुने छ ।

अक्सफोर्डले खोप दिइएका ब्यक्तीहरुमा रोग प्रतिरोधात्मकता र ह्वाइट ब्लड सेल्स विकसित भएको र त्यसको मद्दतले भाइरस इन्फेक्सन हुँदा उनको शरीर प्रतिरोधात्मक क्षमतासँग तयार हुन सक्ने दावी गरेको छ ।

प्रारम्भिक चरणमा बिना कुनै प्रकारको क्षति सफल भए भने मात्र हजारौं संख्यामा मानवमा यसको परीक्षण योजना अगाडी बढाउन सकिनेछ । यो खोपको परीक्षण बेलायतमा ८ हजार र ब्राजिल र दक्षिण अफ्रिकामा ६ हजार जना सहभागी गराइनेछ । अक्सफोर्डको यो खोप बेलायतमा मानवमा परिक्षण भएको पहिलो खोप हो ।

प्रतिक्रिया दिनुहोस्