अमेजनले टिकटक सूचना सच्यायो



वासिङ्टन, (एजेन्सी)
एमेजनले गल्तीबस आफ्ना कर्मचारीलाई आफ्नो कम्पनीको इमेलसम्म पहुँच राख्ने कुनै पनि मोबाइल उपकरणबाट भिडियो सेयरिङ एप टिकटक हटाउने अनुरोधसहित इमेल पठाइएको स्पष्ट पारेको छ । शुक्रबार आन्तरिक सर्कुलरमार्फत पठाइको सो इमेलमा कर्मचारीहरूलाई ‘सुरक्षा खतरा’लाई मध्यनजर राख्दै त्यो एप डिलिट गर्न आग्रह गरिएको थियो ।

चिनियाँ कम्पनीले बनाएको यस एपले डाटा चीनसँग सेयर गर्न सक्ने आशंकाले सुरक्षा चिन्ता बढ्न थालेको हो । तर टिकटकले आफूले अमेजनको चिन्ता बुझ्न नसकेको जनाएको छ । अमेजनका प्रवक्ताले टिकटकसम्बन्धी कुनै पनि पूर्वनिर्धारित नीतिमा परिवर्तन नआएको बीबीसीसमक्ष स्पष्ट पारेका छन् । अमेजनले यसअघि आफ्ना कर्मचारीलाई १० जुलाईसम्ममा आ–आफ्ना मोबाइलबाट टिकटक एप हटाउन इमेल पठाएको थियो ।

टिकटकले भने अमेजनले सो सूचना पठाउनुअघि आफूलाई केही पनि जानकारी नगराएको पनि स्पष्ट पारेको छ । टिकटक आफैले ४ करोड ९० लाखवटा भिडियो डिलिट गरिसकेको छ । साथै चीनले नयाँ सुरक्षा कानुन लागू गरेयता हङकङमा टिकटक सेवा बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्