ट्रम्पको मुखमा चिनियाँ मास्क



एजेन्सी ।

कोरोना भाइरस चिनियाँ भएकाले मास्क नलगाउनुपर्ने अभिव्यक्ति दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तत मास्क लगाएका छन् ।

विश्वभर कोरोनाको महामारी फैलिएपछि शनिवार वाशिङ्गटन बाहिर वाल्टर रीड सैन्य अस्पताल जाँदा ट्रम्प पहिलोपटक मास्कको प्रयोग गरेका हुन् । जनस्वास्थ्य विज्ञहरुले संक्रमणबाट जोगिन मास्क लगाउन अनिवार्य रहेको बताएपनि ट्रम्पले मास्क बहिस्कार गरेका थिए । चिनविरुद्ध उत्तेजीत भएका ट्रम्पले महामारीको बेवास्ता गर्दै प्रतिद्वन्द्वी डेमोक्रेटिकका नेता जो विडेनले मुखौटो लगाएर हिँडेको भनेर खिल्लि समेत उडाएका थिए ।

सैन्य अस्पताल पुगेका ट्रम्पले भने आफू पनि कहिले पनि मास्कको विपक्षमा नभएको जनाउँदै भने- ‘म कहिले पनि मास्कको विपक्षमा थिइनँ । मलाई लाग्छ मास्क लगाउनु राम्रो कुरा हो, तर यसको पनि समय र स्थान हुन्छ ।’उनले भने, ‘अस्पतालमा जहाँ तपाईंले धेरै व्यक्तिहरुसँग कुरा गर्नु हुन्छ भने त्यहाँ मास्क लगाइदिए हुन्थ्यो भने अपेक्षा गरिन्छ ।’

भिडियो : www.cbsnews.com बाट

https://www.cbsnews.com/video/trump-wears-mask-for-the-first-time-in-public/?fbclid=IwAR2nTBI19tWXKkNPxOGKjPixKvC33zkpAZE5TDx2APBegbl2Ocs10TNtxn4

प्रतिक्रिया दिनुहोस्