चर्चभित्र गोली हानाहान,पाँच जनाको मृत्यु



जोहान्नेसवर्ग,एजेन्सी ।

दक्षिण अफ्रिकाको एउटा चर्चमा प्रवेश गरेका हतियारधारी समुहको आक्रमणमा पाँच व्यक्तिको ज्यान गएको छ । सो चर्चको नेतृत्वबारे विवाद भएपछि यस अप्रिय घटना घटेको हो । शनिवार बिहान राजधानी जोहान्नेसवर्ग नजिक भएको यस घटनामा बन्धकको स्थितीमा रहेका थुप्रै पुरुष , महिला र बालबालिकालाई प्रहरीले उद्धार गरेका थिए ।

प्रहरीले कम्तिमा चालिस व्यत्तिलाई दर्जनौं अत्याधुनिक हातहतियारसहित गिरफतार गरेको छ । सन् २०१६ मा इन्टरनेसनल पेन्टेकास्टल होलिनेस चर्चका प्रमुखको निधन भएयता यसको नेतृत्वमा विवाद चल्दै आएको छ ।

सन् २०१८ मा पनि चर्चका दुई सदस्य समुहबिच गोली हानाहान हुँदा प्रहरीले हस्तक्षेप गर्नु परेको थियो । यस चर्चबाट ६५ लाख अमेरिकी डलर हराइरहेको विवाद पनि चालु छ । आक्रमणकारीहरुले चर्चमा रहेका मानिसहरु चर्च कब्जा गर्न पुगेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्