उचाईदेखि डराएका वास्तविक स्पाइडर म्यान



बेइजिंग,(एजेन्सी)

चीनको दपक्षणी गुआँगडो.ग प्रान्तको झोंगसान शहरमा एकजना पुरुष एउटा आवासिय भवनको छैठौं तल्लाको भित्तामा अलपत्र परेका छन् । नाम नखुलाईका ति व्यक्ति एकजना बालकको ज्यान जोगाउन नाँगो हातले सो उचाई समम पुगेका थिए । तर गएकै बाटोबाट फर्कन डराएपछि उनी त्यहाँ अड्केका थिए ।

उनी सो तल्लाको वार्दलीको सेक्युरिटी ग्लिमा अडकिएक बालकको ज्यान जोगाउन गएका थिए । उनको सहयोगमा अभिभावकले ति बालकलाइृ माथि तान्न सफल भएका थिए । उनले बेलुकाको खाना खाँदै गर्दा बालकलाई खतरामा देखना साथ अरु कुनै कुरा सोच्दै नसोचिकन उद्धार गर्न हिंडेको सिसिटिभिलाई बताएका छन् ।

उद्धार गर्न हिंड्नेलाई नै उद्धार गरिनु पर्ने स्थिती हाँसालाग्दो पनि बनेको थियो । अग्निनियन्कहरुले अन्नतत उनको सफल उद्धार गरे । उनी खस्नसक्ने भयको कारण केहि मानिसले तल भुँइमा म्याट्रेस पनि थापेर बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्