ईमिरेट्सले नौ हजार रोजगारी कटौती गर्ने



अवुधावी,(एजेन्सी)

इमिरेट्सका अध्यक्ष सर टिम क्लार्कले मिडिल इस्टर्न एयरलाइनले कोरोना भाइरस महामारीको कारण नौ हजार रोजगार कटौति गरिन लागेका जानकारी दिएका छन् । विश्वको सबैभन्दा ठूलो लामो दूरीको उडान भर्ने कुनै एयरलाइनले यति ठूलो संख्यामा रोजगार कटौतिको घोषणा गरेको पहिलो पटक हो ।

महामारी शुरु हुनु अघि सम्म इमिरेट्ससंग ६० हजार कर्मचारी थियो । क्लार्कले बताएका छन् , ‘ हामीले यसअघि नै १० प्रतिशत कर्मचारी कटोति गरिसकेका छौं । हामीले शाय अब थप १५ प्रतिशत कर्मचारी कटौति गर्न जाँदैछौं । ’

कोराना भाइरस महामारीको कारण विश्वभरि विमानहरु ग्राउन्डिड गरिएकाले एयरलाइन उद्योग नै झण्डै ठप्प रहकेको अवस्था छ । विविसिलाई अन्तर्वार्ता दिने क्रममा क्लार्कले इमिरेटस अझ अन्य एरयलाइन जस्तै धेरै प्रभावित नभएको स्पष्ट पारेका छन् ।

यसै साता मात्र एयरलाइनका कूल ४ हजार ५ सय पायलट मध्ये ७ सय जनलाई जागिर मुक्त भएके सूचना दिइएको थियो । यसको अर्थ कोरोना भाइरस शुरु भए यता कम्तिमा १ हजार २ सय पायलटले काम गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्